
काठमाडौं : खानेपानी र सरसफाइ क्षेत्रको लक्ष्य हासिल गर्नका लागि यस क्षेत्रमा क्रियाशील सबैका लागि एउटै मार्गचित्र (Road Map) हुनुपर्ने खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले बताउनु भएको छ ।
एजेण्डा फर चेन्ज नेपाल (Agenda for Change Nepal) ले आयोजना गरेको राष्ट्रिय कार्यशाला गोष्ठीका प्रमुख अतिथि समेत रहनुभएका सहसचिव श्रेष्ठले तीनै तहको सरकार बीच समन्वय र सहकार्य गरी वास क्षेत्रको लक्ष्य हासिल गर्न एउटै रोडम्यापको आवश्यकता औल्याउनु भएको हो ।
“संघीयता पछि तीन तहको सरकार रहेको अवस्थामा तीनै तह बीच समन्वय र सहकार्य गर्न एउटै खालको रोड म्याम बनाएर अगाडि बढाउन सक्यौं भने सफलता हासिल गर्न सक्छौं”उहाँले भन्नुभयो।
सहसचिव श्रेष्ठले मानव जीवनका लागि नभई नहुने आधारभूत आवश्यकता खानेपानी र सरसफाइ आपूर्ति गर्न खानेपानी विभाग र खानेपानी मन्त्रालयको प्रयास मात्र पर्याप्त नहुने भन्दै विकास साझेदारहरुसँग सदैव हातेमालो गर्नुपर्ने बताउनुभयो । उहाँले सबैको सहयोग र सहकार्यको परिणाम स्वरुप यस क्षेत्रमा सानो भन्दा सानो काम गर्न पनि सक्षम रहेको बताउनुभयो।
राष्ट्रिय कार्यशाला गोष्ठीमा एजेण्डा फर चेन्ज नेपालका तीन वटा दस्तावेजको समेत विमोचन गरिएको छ । खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठ, राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई. राम कुमार श्रेष्ठ, वेल्ट हङ्गर हिल्फे (WHH) का कन्ट्री डाइरेक्टर शाकेभ नबी (Shakeb Nabi), वाटर एड नेपालका कन्ट्री डाइरेक्टर सुदर्शन न्यौपाने, अक्सफाम नेपालका कन्ट्री डाइरेक्टर तृप्ती राई, नेपाल गाउँपालिका महासंघका कार्यक्रम संयोजक इन्दिरा अधिकारी लगायत संघसंस्थाका प्रमुखहरुले संयुक्त रुपमा ती दस्तावेजको विमोचन गरिएको हो ।

विमोचित दस्तावेजहरु :
1. Roadmap: Agenda for Change, Nepal Country Collaboration
(The roadmap is a living document that guides collective strategic direction and joint initiatives of A4C collaboration in Nepal)
2. WASH System Strengthening
(An implemeritation guide for local government)
3. WASH System Strengthening TRAINING MANUAL

वास प्रणाली सुदृढीकरण (WASH System Strengthening) तालिम म्यानुअलको पनि तीन भाग छन् जुन निम्न छन् ।
Part A – Theory Book – Foundational Knowledge and Reference Materials for Sessions 1-12
Part B – Session Flow Manual – 9 Building Blocks
Part C – WASH System Strengthening Training Manual-Trainers Notes
राष्ट्रिय कार्यशालामा वेल्ट हङ्गर हिल्फे (WHH) का वास एक्स्पर्ट विजु डंगोलले वास प्रणाली सुदृढीकरण तालिमको म्यानुअलका बारेमा प्रस्तुतीकरण गर्नुभयो।

यस्तै अक्सफाम नेपालका एन्जिल अधिकारीले WASH System Strengthening स्थानीय सरकारका लागि कार्यान्वयन निर्देशिकाका बिषयमा प्रस्तुतीकरण गर्नुभयो।

गोष्ठीमा वाटर एड नेपालका कन्ट्री डाईरेक्टर सुदर्शन न्यौपानेले एजेण्डा फर चेन्जले बनाएको पाँच बर्षे रोडम्याप वास क्षेत्रमा कार्यरत अन्य संघसंस्थाका लागि समेत महत्वपूर्ण दस्तावेज बनेको बताउनुभयो। उहाँले विकास साझेदार, नागरिक समाज, मिडिया, वास विशेषज्ञ, नेपाल सरकार सबैको सहभागितामा भएको छलफल तथा अन्तरक्रियाले भोलिका दिनमा गर्नुपर्ने कामहरुको स्पष्ट दिशा निर्देश भएको बताउनुभयो।

यस्तै राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई. राम कुमार श्रेष्ठले खानेपानी तथा सरसफाइ पूर्वाधार निर्माण हुँदैमा सेवाको सुनिश्चित नहुने भएकाले प्रणाली सुदृढीकरण र सेवा प्रदायकहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। यसै प्रयोजनका लागि निर्माण भएको तालिम म्यानुअलको जनकपुरमा परिक्षण समेत गरिसकेको र निकट भविश्यमै क्षमता अभिवृद्धि केन्द्रको तालिम प्याकेजमा समाविष्ट गरिने बताउनुभयो।
कार्यक्रममा वाटर एड नेपालका पैरवी प्रमुख सीमा रजौरियाले एजेण्डा फर चेन्जको पाँच बर्षे मार्गचित्र (Road Map) र यसले लिएका उद्देश्यहरुको बारेमा प्रकाश पार्नुभयो ।

कार्यक्रममा एजेण्डा फर चेन्ज नेपालका सदस्य संस्थाका प्रमुख तथा प्रतिनिधीहरुका साथै खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता थियो।

एजेन्डा फर चेन्ज (Agenda for Change) सन् २०१५ मे महिनामा स्थापना भएको हो । यो संस्था समान उद्देश्य र सोच भएका संस्थाहरू (सदस्यहरू) बीचको एक सहकार्य हो, जसले साझा सिद्धान्तहरू र दृष्टिकोणहरूलाई अंगीकार गर्दछ ।
एजेण्डा फर चेन्जले राष्ट्रिय र स्थानीय सरकारलाई सहयोग गर्दै दिगो विकास लक्ष्य ६ मा निर्दिष्ट गरिएका खानेपानी, सरसफाइ र स्वच्छता (WASH) प्रणाली सुदृढीकरणका लागि वकालत र समर्थन गर्ने काम गर्दछ ।
एजेण्डा फर चेन्जको मुख्यालय अमेरिकामा रहेको छ। विश्वका करिब २५ देशमा एजेण्डा फर चेन्जको स्थायी च्याप्टरहरु बनेका छन्। एजेण्डा फर चेन्ज नेपालमा वाटर एड नेपाल, केयर नेपाल, अक्सफाम नेपाल, टीडिएच फाउण्डेसन, डब्लु. एच.एच., हेल्भेटास नेपाल, सीमावि, फेडवासन र वास खबर गरी ९ वटा संस्थाहरु आवद्ध छन् । यसको नेतृत्व वाटर एड नेपालले गरिरहेको छ।


335 पटक हेरिएको 

