चार प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना

  वास खबर समाचारदाता  204 पटक हेरिएको

काठमाडौ :  आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधरणतया बादल लाग्ने र बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। शुक्रबार बिहान तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ। बिहानीपख कोशी, बागमती प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा पनि भएको छ।

तराई भू-भागमा दिउँसो भने मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका  पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन,चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

राति तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ।  देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने।

कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा राति पनि मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार