
काठमाडौ : स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सेवा प्रणालीलाई दीगो र प्रभावकारी बनाउन लक्षित गरी कार्यान्वयन मार्गदर्शन सार्वजनिक गरिएको छ।
अक्सफाम नेपाल र एजेण्डा फर चेन्जले संयुक्त रुपमा प्रकाशित गरेको मार्गदर्शनले स्थानीय सरकारलाई संस्थागत संरचना, क्षमता विकास, प्रक्रिया तथा आवश्यक संयन्त्रहरू सुदृढ गर्दै सेवा प्रवाहलाई व्यवस्थित गर्ने स्पष्ट मार्गचित्र प्रदान गरेको छ।
मार्गदर्शनमा वास प्रणाली सुदृढीकरणका लागि पहिचान गरिएका आठ वटा आधारस्तम्भहरु (Building Blocks) : Institutional Arrangement, Regulation, Planning, Water Resource Management, Service Delivery & Infrastructure, Learning & Adaptation, Financing र Monitoring & Evaluation लाई क्रमबद्ध र कार्यान्वयनयोग्य चरणमा रूपान्तरण गरिएको छ।
यसले नीति, योजना, बजेट व्यवस्थापन, अनुगमन तथा उत्तरदायित्व जस्ता पक्षहरूलाई एकीकृत रूपमा अघि बढाउन सहयोग पुर्याउने, दस्तावेज तयार पार्ने मध्येका एक एन्जिल अधिकारीले बताउनुभयो। उक्त दस्तावेजगरिमा आचार्य, मधुसुदन खनाल, अञ्जिल अधिकारी र राजित ओझाद्वारा तयार गरिएको हो।

वास प्रणाली सुदृढीकरण जटिल प्रकृतिको प्रक्रिया भएको उल्लेख गर्दै मार्गदर्शनमा विभिन्न सरोकारवालाहरूको सक्रिय संलग्नता आवश्यक हुने औँल्याइएको छ। प्रणालीको अन्तरसम्बन्धलाई ध्यानमा राख्दै यसलाई सरल र प्रयोगमैत्री ढाँचामा प्रस्तुत गरिएको जनाइएको छ।
मार्गदर्शनले समयक्रममा परिवर्तनशील सन्दर्भ अनुसार परिमार्जन गर्न सकिने लचकता पनि राखेको छ। यसको सान्दर्भिकता र प्रभावकारिता सुनिश्चित गर्न निश्चित अवधिमा समीक्षा र मूल्याङ्कन गर्नुपर्ने सुझाव दिइएको छ।
स्थानीय तहहरूले यस मार्गदर्शनलाई आधार मानेर योजना तर्जुमा र कार्यान्वयन अघि बढाएमा दीगो, समावेशी र गुणस्तरीय खानेपानी, सरसफाइ र स्वच्छता सेवा सुनिश्चित गर्न महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
विस्तृतमा हेर्नुहोस् :
WASH System Strengthening Booklet

422 पटक हेरिएको 

