वास प्रणाली सुदृढीकरण सम्बन्धी तालिम पुस्तिकाको प्रमाणीकरण

  वास खबर समाचारदाता  237 पटक हेरिएको

काठमाडौं : राष्ट्रिय खानेपानी, सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रले खानेपानी, सरसफाइ र स्वच्छता (वास) प्रणाली सुदृढीकरण सम्बन्धी तालिम पुस्तिका प्रमाणीकरण गरेको छ। Welt Hunger Hilfe (WHH) ले विभिन्न चरणको छलफल, अभ्यास र गोष्ठीपछि तयार पारेको तालिम पुस्तिकालाई केन्द्रले प्रमाणीकरण गरी सबैको पहुँचको लागि आफ्नो वेभसाइटमा राखिएको छ ।

क्षमता अभिवृद्धि केन्द्रबाट वास प्रणाली सुदृढीकरण सम्बन्धी तालिम निर्देशिका प्रमाणीकरण हुनु नेपालमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) प्रणाली सुदृढीकरणका लागि एउटा महत्वपूर्ण उपलब्धि हासिल भएको Welt Hunger Hilfe (WHH) का वास प्रविधि विज्ञ विजु डँगोलले बताउनुभयो।

प्रमाणीकरण कार्य देशभर दिगो, प्रभावकारी र संस्थागत वास प्रणाली विकास गर्ने दिशामा महत्वपूर्ण कदमको रूपमा लिइएको छ। यसले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म वास सेवाहरूको गुणस्तर अभिवृद्धि र प्रणालीगत सुधारमा टेवा पुर्‍याउने डंगोलले बताउनुभयो।

प्रमाणीकरण गर्नु अघि खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढीकरण तालिम निर्देशिकाको मधेस प्रदेशमा पूर्व परीक्षण कार्यशाला गरिएको थियो।

तालिम पुस्तिकामा तीन भाग छन् । यसको आधारमा वास प्रणाली सुदृढीकरण सम्बन्धी तालिम सञ्चालन गर्न उहाँले आग्रह गर्नुभएको छ ।

विस्तृतमा र्हेन यो लिङ्कमा क्लिक गर्नुहोस् :

https://nwssricdc.gov.np/content/69/wss–wash-system-strengthening/


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार