
भक्तपुर : खानेपानी उपभोक्ता समितिहरूको संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने तालिम कार्यक्रम सुरु भएको छ।
राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको आयोजना तथा संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) को सहकार्यमा सञ्चालन भएको उक्त तालिममा १९ जिल्लाका ३२ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष तथा व्यवस्थापक गरी ५० जनाको सहभागिता रहेको छ।
तालिमको उदघाटन सत्रमा राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले उपभोक्ता संस्थाहरूलाई अझ सक्षम, पारदर्शी र दिगो बनाउन यस्ता तालिम अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो। उहाँका अनुसार संस्थागत सुदृढीकरण मार्फत खानेपानी तथा सरसफाइ सेवा प्रभावकारी बनाउन सकिन्छ।
उपभोक्ता समितिहरूको व्यवस्थापकीय दक्षता वृद्धि गर्दै सेवा प्रवाहलाई गुणस्तरीय र दिगो बनाउनु तालिमको मुख्य उद्देश्य रहेको उहाँले स्पष्ट पार्नुभयो।

तालिमका प्रमुख विषयहरू
तालिममा निम्न विषयहरूमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिनेछः
• वित्तीय व्यवस्थापन
• खानेपानी उपभोक्ता संस्थाहरूमा नेतृत्व र सुशासन
• स्रोत (साधन)को एकत्रीकरण तथा प्रभावकारी उपयोग
• पानीको गुणस्तर अनुगमन तथा निगरानी
• कानुनी प्रावधान तथा सेवा प्रदायकका दायित्व
• महसुल निर्धारण तथा नियमन
• समावेशी तथा समानतामूलक सेवा प्रवाह
• मानव संसाधन व्यवस्थापन र गुनासो सम्बोधन संयन्त्र
• गैर–राजस्व पानी (Non-Revenue Water) व्यवस्थापन तथा प्रणाली स्वचालन
• कार्ययोजना निर्माण तथा कार्यान्वयन

सहभागी संस्थाहरू
१९ जिल्लाका ३२ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष तथा व्यवस्थापक प्रतिनिधित्व भएको छ। सहभागी संस्थाहरू इलामदेखि दार्चुला र कैलालीसम्म फैलिएका छन्, जसले कार्यक्रमको राष्ट्रिय पहुँचलाई स्पष्ट रूपमा देखाउँछ।
• बानेश्वर खानेपानी तथा सरसफाइ संस्था, महोत्तरी।
• अग्यौली खानेपानी तथा सरसफाइ संस्था, नवलपुर ।
• रजहर खानेपानी तथा सरसफाइ संस्था, नवलपुर ।
• शारदा नगर खानेपानी तथा सरसफाइ संस्था, चितवन ।
• भण्डारा खानेपानी तथा सरसफाइ संस्था, चितवन ।
• रामपुर खानेपानी तथा सरसफाइ संस्था, पाल्पा।

• वर्दघाट खानेपानी तथा सरसफाइ संस्था, नवलपरासी ।
• भादगाउँ खानेपानी तथा सरसफाइ संस्था, तनहुँ ।
• मिलनटोल खानेपानी तथा सरसफाइ संस्था, तनहुँ ।
• छाप नाहाला डुम्रे खानेपानी तथा सरसफाइ संस्था, तनहुँ ।
• टिमाई शान्तिनगर एकिकृत खानेपानी तथा सरसफाइ संस्था, झापा ।
• वेल्टार गँजावारी खानेपानी तथा सरसफाइ संस्था, झापा ।
• धुलावारी खानेपानी तथा सरसफाइ संस्था, झापा ।
• चारआली खानेपानी तथा सरसफाइ संस्था, झापा ।
• बेलडाँगी खानेपानी तथा सरसफाइ संस्था, झापा ।
• इटहरी खानेपानी तथा सरसफाइ संस्था, सुनसरी ।
• दुहबी खानेपानी तथा सरसफाइ संस्था, सुनसरी ।
• त्रियुगा खानेपानी तथा सरसफाइ संस्था, उदयपुर ।
• फिकल खानेपानी संस्था, इलाम ।
• नारायण नगर खानेपानी तथा सरसफाइ संस्था, दैलेख ।
• खलङ्गा सितलपाटी तथा सरसफाइ संस्था, सल्यान ।
• खलङ्गा खानेपानी तथा सरसफाइ संस्था, दार्चुला ।
• सुखड खानेपानी तथा सरसफाइ संस्था, कैलाली ।
• वैजनाथ सुडा खानेपानी तथा सरसफाइ संस्था, कञ्चनपुर ।
• गैरागाउँ खानेपानी तथा सरसफाइ संस्था, दाङ्।
• तुल्सीपुर खानेपानी तथा सरसफाइ संस्था, दाङ्ग ।
• हापुरे पुरन्धारा खानेपानी तथा सरसफाइ संस्था, दाङ्
• वङ्गलाचुली खानेपानी तथा सरसफाइ संस्था, दाङ्ग ।
• भरतपुर खानेपानी तथा सरसफाइ संस्था, दाङ्ङ्ग।
• रजेना खानेपानी तथा सरसफाइ संस्था, (कोहलपुर), बाकें।
• रेसुंगा खानेपानी तथा सरसफाइ संस्था, गुल्मी ।
• विजुवार खानेपानी तथा सरसफाइ संस्था, प्यूठान ।
तालिममा सहभागी संस्थाहरूको भौगोलिक वितरण हेर्दा देशका तराई, पहाडी र हिमाली क्षेत्रका उपभोक्ता संस्थाहरूको समान प्रतिनिधित्व देखिन्छ। विशेष गरी झापा, दाङ र नवलपुरजस्ता जिल्लाबाट धेरै संस्थाहरूको सहभागिता रहेको छ भने पहाडी तथा दुर्गम जिल्लाहरू दैलेख, सल्यान, प्यूठान र दार्चुला बाट पनि प्रतिनिधित्व हुनु सकारात्मक पक्ष मानिएको छ।
तालिमले खानेपानी उपभोक्ता संस्थाहरूको क्षमता विकास मात्र नभई, संस्थागत सुशासन, वित्तीय पारदर्शिता र सेवा प्रभावकारिता बढाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। देशभरका संस्थाहरूको प्रतिनिधित्वले खानेपानी क्षेत्रमा ज्ञान आदान–प्रदान र सहकार्यलाई थप मजबुत बनाउने कार्यकारी निर्देशक श्रेष्ठको विश्वास छ।


190 पटक हेरिएको 

