खानेपानी मन्त्रालय र मातहतका निकायको खर्च २० प्रतिशतमा सीमित

  वास खबर संवाददाता  110 पटक हेरिएको

काठमाडौ : चालु आर्थिक बर्ष सकिन ३ महिना मात्र बाँकी रहँदा खानेपानी मन्त्रालय र मातहतका निकायहरुको खर्च २०.७४ प्रतिशतमै सीमित रहेको छ ।

मन्त्रालयले वेभसाइटमा प्रकाशन गरेको २०८२ चैत्र मसान्त सम्मको आर्थिक विवरण अनुसार चालु खर्च ४७.५७ प्रतिशत र पूँजीगत खर्च १९.५१ प्रतिशतमै खुम्चिएको हो।

खानेपानी मन्त्रालयको संशोधित बजेट अनुसार चालु आर्थिक बर्षका लागि चालु तर्फ ९४ करोड ९८ लाख ४६ हजार र पूँजीगत तर्फ १९ अर्ब ८१ करोड ८ लाख ८८ हजार गरी कुल २० अर्ब ७६ करोड ७ लाख ३४ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

ती मध्ये चैत्र मसान्तसम्म चालु तर्फ ४४ करोड ४७ लाख ३१ हजार र पूँजीगत तर्फ ३ अर्ब ८६ करोड १ लाख ५० हजार रुपैयाँ खर्च भएको मन्त्रालयले सार्वजनिक गरेको आर्थिक विवरणमा उल्लेख छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार