खानेपानी तथा सरसफाइ क्षेत्रमा ३ अर्ब २८ करोड बजेट बृद्धि

२१ खर्ब २४ अर्ब ३४ करोडको बजेटमा खानेपानी र सरसफाइका लागि ३३ अर्ब ८९ करोड

  वास खबर सम्बाददाता  738 पटक हेरिएको
🔗
80
Shares

काठमाडौ : आर्थिक २०८३/०८४ को खानेपानी र सरसफाइ क्षेत्रको बजेट चालु आर्थिक बर्षको तुलनामा बृद्धि भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै खानेपानी तथा सरसफाइतर्फ ३७ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको बताउनुभयो ।

यो बजेट चालु आर्थिक बर्ष २०८२/०८३ को तुलनामा ३ अर्ब २८ करोडले बढी हो । सरकारले आर्थिक २०८२/०८३ मा खानेपानी र सरसफाइ क्षेत्रको लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको थियो ।

खानेपानी, सहरी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गाभेर पूर्वाधार विकास मन्त्रालय बनाए पनि सरकारले बजेट भने छुट्टाछुट्टै विनियोजन गरिएको हो । अर्थमन्त्री वाग्लेले सहरी र भौतिकका लागि भने एउटै शीर्षकमा बजेट विनियोजन गर्नुभयो। उहाँले सडक तथा सहरी पूर्वाधार विकासका लागि भन्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ खर्ब ८६ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गर्नु भएको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसअनुसार चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करोड र वित्त व्यवस्थापनमा ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो ।

बजेटको आकार

•  कुल बजेट २१ खर्ब २४ अर्ब ३४ करोड

• चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८ प्रतिशत)

• पुँजीगत ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत)

•  वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब (१९.९ प्रतिशत)

बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् : 

budget speech 2083 

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार