
काठमाडौ : सरकारले काठमाडौ उपत्यका भित्र निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रहरु आगामी आर्थिक बर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उपत्यका भित्र निर्माणाधीन सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा दैनिक ७ करोड २७ लाख लिटरको फोहोरपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभएको हो ।
सरकारले फोहोरपानी प्रशोधन केन्द्रहरु निर्माण सम्पन्न गर्न आगामी आर्थिक बर्षको लागि रु ३ अर्ब ४६ करोड बजेट विनियोजन गरेको जनाएको छ ।



148 पटक हेरिएको 

