
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १६ मा अवस्थिति मानपुर गौरीडाँडा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ।
संस्थाका सचिव मिनराज ओलीले र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन माथि छलफल गरी सर्वसम्मत पारित गर्दै साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष भूपबहादुर केसीको अध्यक्षतामा सभा सम्पन्न भएको साधारण सभामा राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले आम नागरिकका लागि स्वच्छ तथा सुरक्षित पिउने पानी मानव जीवनको मौलिक अधिकार भएको बताउनुभयो।
खानेपानीको दायित्व सरकारले लिनुपर्नेमा जोड दिँदै उहाँले आमनागरिकले आफ्नो मेहनतबाट कमाएको रकमबाट सञ्चालन तथा संरक्षण गर्दै आएको खानेपानी उपभोक्ता संस्थामाथि विद्युतमा १३ प्रतिशत कर लगाएर जनतालाई थप आर्थिक भार पार्ने काम गरेको बताउनुभयो।
उहाँले विद्यमान ऐन तथा कानुनमा खानेपानी उपभोक्ता संस्था खारेजी तथा विघटन सम्बन्धी व्यवस्था राखिनु जनताले आफ्नै पहल र लगानीमा सञ्चालन गरेका खानेपानी संस्थाको अधिकारमाथि हस्तक्षेप भएको उहाँको भनाइ थियो। जनताको सहभागिता र लगानीमा सञ्चालित खानेपानी संस्थालाई संरक्षण गर्दै उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।


176 पटक हेरिएको 

