काठमाडौ: सरकारले राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको नाम परिवर्तन गरी राष्ट्रिय खानेपानी तथा ढल व्यवस्थापन अनुसन्धान तथा विकास केन्द्र बनाएको छ ।
साबिकको खानेपानी मन्त्रालय पूर्वाधार विकास मन्त्रालयमा गाभिएपछि राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको नाम पनि परिवर्तन गरी राष्ट्रिय खानेपानी तथा ढल व्यवस्थापन, अनुसन्धान तथा विकास केन्द्र बनाईएको हो।
पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहने राष्ट्रिय खानेपानी तथा ढल व्यवस्थापन अनुसन्धान तथा विकास केन्द्र अन्तर्गत चार वटा शाखा रहने गरी सांगठनिक संरचना तथा दरबन्दी समेत स्वीकृत गरिसकेको छ ।
स्वीकृत संरचना अनुसार केन्द्रको प्रमुख प्रशासनिक नेतृत्व कार्यकारी निर्देशक (रा.प. प्रथम स्यानिटरी – १) ले गर्नु हुनेछ । कार्यकारी निर्देशक पछि सिनियर डिभिजनल इन्जिनियर (रा.प.द्वि./ स्यानिटरी – १) रहने व्यवस्था गरिएको छ।
केन्द्र अन्तर्गत प्रमुख चार वटा शाखाहरू रहने गरी कार्यविभाजन र पदपूर्ति तय गरिएको छ ।


388 पटक हेरिएको 

