महिनावारी प्रति प्रहरीको धारणामा NFCC को आपत्ति, प्रहरीसँग स्पष्टीकरण माग

काठमाडौ : महिनावारी र बलात्कारका बिषयमा नेपाल प्रहरीले दिएको धारणा र प्रकाशित समाचार प्रति नेपाल प्रजनन् स्याहार केन्द्र (NFCC) ले ध्यानाकर्षण भएको जनाएको छ । अप्रिल १, २०१९ मा प्रदेश ५, बर्दियाकी १४ बर्षीया किशोरी प्रमिला थारुको मृत्यु सम्बन्धी प्रकाशित The Wire र The Record नामक अनलाइन समाचार एजेन्सीमा नेपाल प्रहरीका इन्सपेक्टरले किशोरी तथा महिलाहरु महिनावारीको समयमा बलात्कार हुँदैनन् भन्ने धारणा दिएका थिए ।

किशोरी थारुको मृत्यु सम्बन्धी प्रकाशित समाचारमा प्रहरीको भनाई उधृत गर्दै लेखेको समाचारको अंश :

 

यस प्रकारको वक्तव्यले हरेक दिन हरेक नेपाली महिला तथा किशोरीहरुले भोग्नुपर्ने हिंसालाई बेवास्ता गरेको देखिएकाले नेपाल प्रहरीसँग स्पष्टीकरण माग गरेको छ । नेपाल प्रहरीको यस्तो धारणाले महिनावारीको समयमा हुने हिंसा र भेदभावको समाधानका साथै महिनावारी प्रतिको सोच परिवर्तन चुनौतीपूर्ण भएको  NFCC द्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ ‘समाचारले अनुसन्धानको दौरानमा भएका लापरबाही सम्बन्धी विभिन्न गम्भीर प्रश्नहरु उठाएको र अनुसन्धान अधिकारीले उक्त किशोरीको बलात्कार नभएको भन्ने भनाई प्रति गम्भीर आपत्ति छ ।’

‘नेपाल प्रहरीको प्रतिनिधित्व गर्ने व्यक्तिको लापरबाहीपूर्ण र तथ्यहीन बयानले प्रजनन् स्वास्थ्य र लैङ्गिक हिंसामा काम गर्ने संस्थाहरुलाई धेरै निरास बनाएको छ । यदि नेपाल प्रहरीको यस भनाई सत्य हो भने, नेपाल प्रहरीलाई यस भनाई प्रमाणित गर्नका लागि आग्रह गर्छौ ।’ विज्ञप्तीमा भनिएको छ ।

नेपाल प्रजनन् स्याहार केन्द्र बिगत ३१ बर्षदेखि प्रजनन् स्वास्थ्य तथा अधिकारको क्षेत्रमा काम गरिरहेको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । संस्थाले परिवार नियोजन, स्वास्थ्य सेवाको गुणस्तर, महिनावारी स्वास्थ्य, सरसफाइ र अधिकार लगायत क्षेत्रमा दख्खल राख्दछ ।

नेपाल प्रजनन् स्याहार केन्द्र (NFCC) ले जारी गरेको विज्ञप्तीका लागि तलको लिङ्क क्लिक गर्नुहोस् । 

https://washkhabar.com/np/wp-content/uploads/2019/04/Press-Statement.pdf


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार