मनिराज पाण्डे/कालिकोट
कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाले बिद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यबिधि २०७५ तयार पारी कार्यान्वयनमा ल्याएको छ । विद्यालयहरूमा खानेपानी र सरसफाइको सुविधा एवम् स्वच्छ वातावरणको विकास तथा प्रवर्धन गर्न गाउँ कार्यपालिकाले कार्यविधि बनाई स्वीकृत गरेको हो ।
कार्यमा एकरूपता ल्याई सिकाइ उपलब्धी तथा शैक्षिक गुणस्तरमा सुधार गर्न कार्यविधि आवश्यक भएको शिक्षक पुर्णबहादुर शाहीले बताउनुभयो । खानेपानी सरसफाइ तथा स्वच्छता सेवा तथा नीति निर्माणमा किर्डाक नेपालले सहजिकरण गरिरहेको वास थिम लिडर नविनकुमार शाहीले बताउनुभयो ।
पलाँता गाउँपालिकाले जारी गरेको ‘बिद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यबिधि – २०७५’ हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
https://washkhabar.com/np/wp-content/uploads/2019/05/Three-Star-Approach.docx