
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) ले महत्वपूर्ण ६ वटा निर्णय गरेको छ । एमवाससीसीको बुधबार बसेको बैठकले वास सम्बन्धी बेस लाइन सर्बे देखि वातावरण दिवस भव्यताका साथ मनाउने समेत निर्णय गरेको हो ।
यी हुन् ६ निर्णय :
१. वास सम्बन्धी बेस लाइन सर्वे गर्न प्रत्येक वडामा २ २ जना स्वयंसेवक परिचालन गरी ९ वटै वडामा सर्वे गर्ने ।
२. यही जेठ २६ गतेदेखि धनकुटा र इलाममा अध्ययन अवलोकन भ्रमण जाने र उक्त भ्रमणमा एमवाससीसी का सम्पूर्ण पदाधिकारी र नगरपालिका कार्यपालिका सदस्यहरुलाई समेत अध्ययन अवलोकन भ्रमणमा समावेश गर्ने ।
३. पूर्ण सरसफाइ सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम आगामी असार महिनाको पहिलो हप्ता प्रत्येक वडामा २ २ जना सहभागीहरु समावेश गरी सञ्चालन गर्ने ।
४.यही जुन ५ गते विश्व वातावरण दिवस मनाउने र यसका लागि चाँगुनारायण नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगिता वडा नं. ८ सुडालमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा गर्ने भएको छ । बक्तृत्वकला प्रतियोगिताका लागि आधारभूत तथा माध्यमिक तहमा बेग्ला बेग्लै शीर्षक तोकिएको छ ।
५. चाँगुनारायाण् नगरपालिका स्तरीय बृहत सरसफाइ अभियान छैंटौं हप्तासम्म सफलतापूर्वक सम्पन्न भएको र आगामी हप्ताहरुमा सातौ हप्ता वडा नं. ५ मा, आठौं हप्ता वडा नं. ३ मा र ९ औं हप्ता वडा नं. ६ मा सञ्चालन गर्ने ।
६. २०७६ जेठ २५ र २६ गते हनुमान ढोका बसन्तपुरमा हुने सरसफाइ स्टलमा नगरपालिका स्तरीय स्टल राख्ने र उक्त कार्यक्रमा एमवाससीसी का सदस्यहरुले सहयोग गर्ने । साथै नेप्सेम्याक सेवा प्रालि र नेपाल स्वच्छ वातावरण सिर्जना केन्द्रले विशेष सहयोग गर्ने निर्णय गरिएको बैठकमा सहभागी UN HABITAT की भक्तपुर जिल्ला संयोजक पार्वती दंगालले जानकारी दिनुभयो ।


1333 पटक हेरिएको 

