यसरी मनाऔं सरसफाइ सप्ताह, वास समन्वय समितिहरुलाई सचिवालयको निर्देशन

 

काठमाडौ : राष्ट्रिय सरसफाइ सप्ताह २०७६ मनाउन राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले सबै तहका वास समन्वय समिति (वाससीसी) हरुलाई परिपत्र गरेको छ । समितिले विभिन्न कार्यक्रमको ढाँचा समेत संलग्न राखेर सरसफाइ सप्ताह मनाउन पत्राचार गरिएको हो ।

नेपालमा सन् २००० देखि जेठ २२ देखि २८ सम्मको अवधिलाई राष्ट्रिय सरसफाइ सप्ताहको विभिन्न कार्यक्रम गरी मनाईदै आएको छ । यसबर्षको नारा ‘संघ, प्रदेश र स्थानीय सरकार, पूर्ण सरसफाइ समृद्धिको आधार’ तय गरिएको छ ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र कुमार झाले ठाउँ परिवेश अनुुसार विभिन्न कार्यक्रमहरु गरी सरसफाइ सप्ताह मनाउन सकिने बताउनुभयो । उहाँले आफ्नो घर, समुदाय, वडा, विद्यालय, नगरपालिका, गाउँपालिका, जिल्ला, प्रदेश र केन्द्रका सबै सरोकारवालाहरुले सप्ताह मनाउन र मनाउने व्यवस्था मिलाउन अनुरोध गरिएको बताउनुभयो ।

 

खुला दिसामुक्त घोषणा हुन बाँकी रहेको ठाउँमा

 

–  खुला दिसामुक्त घोषणा हुन बाँकी भएका टोल, वडा, नगरपालिका, गाउँपलिका, जिल्लाका सबै घरधुरी र कार्यालयहरुमा चर्पी बनाइ मापदण्ड र प्रक्रिया पूरा गरी ओडिएफ गर्ने र गराउने वातावरण मिलाउने ।

खुला दिसामुक्त भईसकेका ठाउँमा

– ओडिएफ भईसकेका टोल, वडा, नगरपालिका, गाउँपालिका, जिल्लामा पूर्ण सरसफाइ अन्तर्गतका विभिन्न सूचकहरु सम्बन्धी क्रियाकलापहरु गर्ने ।

– संघीय संरचना अनुरुप नगरपालिका, गाउँपालिका, वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन÷पुनर्गठन गर्ने ।

– टोल, नगर, सरसफाइ, नदीनाला, ताल, पोखरी सार्वजनिक स्थानको सरसफाइ, व्यक्तिगत सरसफाइ, महिनावारी स्वच्छता सम्बन्धमा ¥याली गर्ने, जनचेतना जगाउने प्रदर्शनी छलफल गर्ने ।

– विद्यालयहरु र कलेजहरुमा सरसफाइ सम्बन्धी हाजिरी जवाफ, क्वीज, चित्रलेखन प्रतियोगिता आयोजना गर्ने ।

– सरसफाइमा नेतृत्व पहिचान गर्ने र अगुवालाई पुरस्कृत गर्ने ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार