यी हुन् राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा केन्द्रमा हुने कार्यक्रमहरु

काठमाडौ : राष्ट्रिय सरसफाइ सप्ताह भोलि (बुधबार) देखि सुरु हुँदैछ । हरेक बर्ष जेठ २२ देखि २८ गतेसम्म मनाईदै आएको राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा यसबर्ष आयोजना गरिने कार्यक्रमहरु यस अघि नै तय भइसकेका छन् ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले जिल्ला स्तर देखि वडा तथा टोल सम्म पनि सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यक्रमको आयोजना गरी सरसफाइ सप्ताह मनाउन परिपत्र गरिसकेको छ ।

‘संघ, प्रदेश र स्थानीय सरकार, पूर्ण सरसफाइ समृद्धिको आधार’ भन्ने नाराका साथ जेठ २२ देखि २८ सम्म मनाउन लागेको सरसफाइ सप्ताहमा निम्न कार्यक्रमहरु हुनेछन् ।

१.  जेठ २२ गते – सरसफाइको सप्ताहको शुभारम्भ तथा बृक्षारोपण, खानेपानी मन्त्री बिना मगरबाट, खानेपानी तथा ढल व्यवस्थापन विभागको हल ।

२. जेठ २२ देखि ३० गतेसम्म, सरसफाइमा पछाडि परेका जिल्लाहरुमा डिवाससीसी र ओडिएफ नभएका गाउँपालिका वा नगरपालिकामा छलफल तथा बैठक, अभिमुखीकरण, अनुगमन लगायत अन्य कार्यक्रमहरुको अनुगमन ।

३. एफ. एम. रेडियोहरुबाट सरसफाइ सम्बन्धी सन्देश प्रसारण जेठ ३० गतेसम्म

४. जेठ २२ गते – सरसफाइ मानव साङ्लो बनाइ नदी सरसफाइ, गोदावरी देखि बालकुमारीसम्म ।

५. जेठ २४ र २५ गते आमसञ्चार क्षेत्रसँग सरसफाइ सप्ताहको जानकारी ।

६ जेठ २४ र २५ मा काठमाडौमा वास मेला, जिम्मेवारी नगरपालिका महासंघ

७. पूर्ण सरसफाइ गोष्ठी तथा कार्यशाला आयोजना गर्ने ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार