बालमैत्री धाराले बालबालिकालाई पानी पिउन सजिलो

 

कालिकोट :  बालमैत्री धारा निर्माण भएपछि कालिकोटको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिका भित्रका ११ वटा विद्यालयका बालबालिकालाई पानी पिउन सजिलो भएको छ । बालमैत्री धारा नहुँदा अग्लो धारामा झुण्डिनुपर्ने, धारामा झुण्डिएर पानी पिउँदा कपडा, झोला र किताब कापी भिज्ने समस्याबाट मुक्ति मिलेको हो ।

किर्डाक नेपालले सञ्चालन गरेको सेफ स्कुल सहयात्रा २ परियोजनाको आर्थिक सहयोगमा ११ वटा विद्यालयमा बालमैत्री खानेपानी धारा निर्माण गरिएको कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) का प्रोजेक्ट कोअर्डिनेटर प्रेम शाही ठकुरीले जानकारी दिनुभयो ।

बालमैत्री धारा बनेका विद्यालयहरु

तिलागुफा नगरपालिका :

जगन्नाथ घडेरा आधारभूत विद्यालय वडा नं. २,

कालिका माध्यमिक विद्यालय वडा नं. ८,

सरस्वती आधारभूत विद्यालय वडा नं. ८

तिलाभगरथी आधारभूत विद्यालय वडा नं. ९

राष्ट्रिय माध्यमिक विद्यालय वडा नं. ११

 

शुभकालिका गाउँपालिका :

 

नैनेलदेव आधारभूत विद्यालय वडा नं. ८

दाहल माध्यमिक विद्यालय, वडा नं. ५

भवानी आधारभूत विद्यालय, वडा नं. ४

अजमरे आधारभूत विद्यालय, वडा नं. ५

भैरव आधारभूत विद्यालय, वडा नं. २

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार