काठमाडौ : खुला दिसामुक्त नेपाल घोषणा गर्ने दिन आउन अब २२ दिन मात्र बाँकी छ । सरकारले असोज १३ गते नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने मिति तय गरिसकेको छ । तर अझै ९ जिल्ला खुला दिसामुक्त घोषणा हुन बाँकी छ ।
खुला दिसामुक्त घोषणा गर्न बाँकी सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गरेर मात्र राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर्ने भएकाले असोज अघि नै सबै जिल्ला घोषणा भईसक्नु पर्नेछ ।
राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झा ले सबै जिल्लाले भदौ मसान्तभित्रै खुला दिसामुक्त घोषणा गर्ने मिति तय गरिसकेका छन् । उहाँका अनुसार प्रदेश १ मा सोलुखुम्बु र भोजपुर, प्रदेश २ मा बारा, पर्सा, सर्लाही, महोत्तरी र धनुषा, प्रदेश ३ को काठमाडौ र प्रदेश ५ मा कपिलबस्तु खुला दिसामुक्त घोषणा गर्न बाँकी छ ।
प्रदेश ४, ६ र ७ का सबै जिल्ला यसअघि नै खुला दिसामुक्त घोषणा भईसकेका छन् । यसैबीच खुला दिसामुक्त नेपाल सचिवालयले नेपाल खुला दिसामुक्त घोषणा समारोहमा सहभागी हुन चाहनेहरुका लागि नाम दर्ता गराउन आग्रह गरेको छ । सचिवालयले अनलाइन मार्फत फाराम भराउन सकिने व्यवस्था गरेको छ ।
फाराम भर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ।


1602 पटक हेरिएको 

