नेपाल ओडिएफ : अब १५ दिन बाँकी

 

काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब १५ दिन मात्र बाँकी छ । पर्सालाई शनिबार खुला दिसामुक्त घोषणा गरेपछि अब ७ जिल्ला मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । हालसम्म ७० जिल्ला खुला दिसामुक्त घोषणा भईसकेका छन् ।

सबै जिल्लालाई भदौ मसान्तभित्रै खुला दिसामुक्त घोषणा गरी यही असोज १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने सरकारको तयारी छ ।

यद्यपि सोलुखुम्बु तथा भोजपुर जिल्लाका कारण भदौ मसान्तभित्रै सबै जिल्ला खुला दिसामुक्त घोषणा गरिसक्ने सरकारको योजना पूरा नहुने भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार