नेपाल ओडिएफ : अब ५ दिन बाँकी

 

काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने दिन आउन अब ५ दिन मात्र बाँकी छ । समय नजिकिदै जाँदा ओडिएफ तयारी कार्य समूह एवं ओडिएफ घोषणाको सचिवालयले तयारीलाई तीब्र बनाएको छ ।

मंगलबार मात्र खानेपानी मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई ७५३ वटै स्थानीय तहका प्रमुखलाई ओडिएफ समारोहमा भाग लिन पत्राचार गरिदिन अनुरोध गरेको छ ।

तयारी कार्य समूहले नेपाल खुला दिसामुक्त घोषणा समारोहमा भाग लिन २५५ जनाले अनलाइन फारम भरेको जनाएको छ । अनलाइन फारम भर्न नभ्याएका तर समारोहमा भाग लिन चाहनेले असोज १३ गतेकै दिन बिहान ९ बजेदेखि १० बजेभित्र आयोजना स्थलमै दर्ता गर्न सकिने प्रावधान मिलाएको सचिवालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार