नेपाल ओडिएफ प्रधानमन्त्रीले घोषणा गर्ने

 

काठमाडौ : नेपाल खुला दिसामुक्त घोषणा, प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ । यसअघि राष्ट्रपति विद्या भण्डारीले घोषणा गर्ने कार्यक्रम रहेपनि राष्ट्रपति भण्डारीले व्यस्तताका कारण समय उपलब्ध गराउन नसक्ने जनाउनु भएपछि प्रधानमन्त्री ओलीले खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम निधो गरिएको हो ।

सरकारको आर्थिक वर्ष २०७६/७७ को स्वीकृत नीति तथा कार्यक्रममा समेत नेपाललाई चालु आर्थिक बर्षभित्र खुला दिसामुक्त घोषणा गरी स्थानीय तहसँगको सहकार्यमा अघि बढ्ने उल्लेख गरिएको छ ।

यही असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल घोषणा गर्ने कार्यक्रम रहेको नेपाल खुला दिसामुक्त घोषणा सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुन लागेको खुला दिसामुक्त घोषणा समारोहलाई भव्य बनाउन ७५३ वटै स्थानीय तहका प्रमुखहरुलाई सहभागिताको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरिसकेको छ ।

यस्तै प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका प्रमुख एवंं प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरुलाई समेत समारोहका उपस्थितिका लागि पत्राचार गरिसकेको छ ।

खुला दिसामुक्त नेपाल सम्बन्धी जानकारी गराउने उद्देश्यले खानेपानी मन्त्रालयले पर्सि १० गते शुक्रबार १२ः३० बजे सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार