
सोम आचार्य
झापा : झापाको बिर्तामोड नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा विश्व हात धुने दिवस भव्यताका साथ मनाइएको छ ।
ग्लोबल स्यानिटेशन फण्ड कार्यक्रम/युएन ह्याबिट्याटको आर्थिक तथा प्राबिधिक सहयोगमा बिराट सामुदायिक अध्ययन केन्द्र झापाको सहजीकरणमा पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेका तीन वटै स्थानीय तहमा हात धुने दिवस मनाईएको हो ।
ती तीनैवटा स्थानीय तहमा स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । सन् २००८ देखि प्रत्येक बर्ष अक्टोबर १५ लाई बिश्व हात धुने दिवसको रुपमा मनाउँदै आएको छ । ग्लोबल हेण्डवासिङ्ग पार्टनरसिपको अगुवाईमा अक्टोबर १५ लाई बिश्व हात धुने दिवसको रुपमा मनाईदै आएको छ ।
खाना खानुभन्दा अघि, दिसा गरिसकेपछि, फोहोर छोएपछि, बिरामीको स्याहार गर्नु अघि र गरिसकेपछि साबुन पानीले हात धुने हो भने ६० प्रतिशत सरुवा जन्य रोगहरु नियन्त्रणमा आउने बिश्वास गरिन्छ ।



1429 पटक हेरिएको 

