खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी तथ्यांक मोबाइल एपबाट संकलन गरिने

🔗
19
Shares

 

बैतडी : खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी तथ्यांक मोबाइल एपबाट संकलन गरिने भएको छ । यसका लागि वास तथ्याङ्क संकलन गर्न संकलकहरुलाई तालिम समेत दिइएको छ । तालिममा मोबाइल एप्सको माध्यमबाट खानेपानी योजनाको अवस्था, खानेपानी र सरसफाइ सुविधाबाट वञ्चित जनसंख्या, ठोस फोहर व्यवस्थापन, घरधुरी विवरण, सार्वजनिक शौचालयहरुको अवस्था, विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा खानेपानी र शौचालयको तथ्यांक संकलन गर्ने सीप सिकाईएको भुमेश्वर सामुदायिक विकास संघका कार्यक्रम संयोजक धर्मराज भट्टले जानकारी दिनुभयो ।

तथ्याङ्क संकलन गरेपछि सुदूरपश्चिमका विभिन्न जिल्लाका स्थानीय तहहरुको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) निर्माण गरिनेछ । तालिममा बाजुराको त्रिवेणी र बडीमालिका नगरपालिका तथा बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाका तथ्याङ्क संकलकहरुको सहभागिता थियो ।

संकलित तथ्यांकका आधारमा गाउँपालिका तथा नगरपालिकाहरुको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) निर्माण गरिनेछ । स्थानीय तहहरुमा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना बनाउनका लागि तालिम तथ्याङ्क संकलकहरुले तथ्यांक संकलनको काम गर्ने भुमेश्वर सामुदायिक विकास संघ (बिसीडिओ) खोड्पेका कार्यकारी निर्देशक मोहन ऐरले बताउनुभयो ।
तालिम युनिसेफ नेपालको आर्थिक सहयोगमा भुमेश्वर सामुदायिक विकास संघ ९बिसीडिओ० खोड्पेले आयोजना गरेको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार