काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) अन्तर्गत निर्माणाधीन खानेपानी तथा सरसफाइ आयोजनाहरु आगामी फागुन महिनाभित्र सम्पन्न गर्ने गरी समयसीमा तोकेका छन् । खानेपानी उपभोक्ता समितिका अध्यक्ष, सहयोगी संस्थाका पदाधिकाकारी, टीम लिडर, कोष विकास समितिका पदाधिकारी एवं कर्मचारी सहितको प्रगति समिक्षा गोष्ठीको अन्त्यमा सहयोगी संस्था र उपभोक्ता समितिका अध्यक्षहरु आफैले फागुन मसान्तभित्र सम्पन्न गर्ने गरी लिखित प्रतिबद्धता जनाएका हुन् ।
उपभोक्ता समितिका अध्यक्ष र सहयोगी संस्था पदाधिकारीहरुले ओभरहेड टैंक, पाइपलाइन, पम्प हाउस, इलेक्ट्रिक मेकानिकाल काम र मिटर जडान तथा धारा सञ्चालनको कार्ययोजना बनाएर कोष विकास समिति समक्ष बुझाएका छन् । प्रतिबद्धता पत्रमा निर्धारित समयमा सम्पन्न नभएमा समितिले गर्ने कार्वाहीको भागीदार बन्न सहमति जनाएका छन् । कोष विकास समितिलाई फागुन महिनाभित्रै खानेपानी आयोजनाहरु किन सम्पन्न गराउनु परेको हो ? हेरौं यो रिपोर्ट :