मेलम्चीको सुरुङमार्ग फिनिसिङको काम अन्तिम चरणमा

 

काठमाडौ : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स र सुरुङमार्ग फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ । इटालियन कम्पनी सिएमसीले ठेक्का तोडेपछि मेलम्चीको बाँकी काम गर्न सुरु गरेको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले हाल हेडवर्क्सको काम अन्तर्गत पानी सुरुङमार्गमा ल्याउन बाँध बाँध्ने काम गरिरहेको छ । आयोजनाका अनुसार कम्पनीले सुरुङमार्गको फिनिसिङ समेत अन्तिम चरणमा पुर्‍याएको छ । अब कम्पनीले केही दिनमा वासआउट र आउटलेट पाइपको परीक्षण गर्ने जनाएको छ ।
आयोजनाले यही पुस २८ गते हेडवर्क्सका लागि बनाएको डाईभर्सन टनेलमा पानी हालेर परीक्षण समेत गरिसकेको छ ।

आगामी असारसम्म टनेलमा पानी हालेर सुन्दरीजल खसाएर परिक्षण गर्ने आयोजनाको योजना छ । खानेपानीमन्त्री बीना मगरले आयोजनाको पानी असारभित्रै काठमाडौंवासीलाई पुर्‍याउने घोषणा गर्नु भएको थियो। सोहीअनुसार आयोजनाको काम तीब्र रुपमा अघि बढाउन मन्त्रालयले निर्देशन दिएको छ । असारभित्रै पानी सुन्दरीजलमा खसाल्नेगरी धमाधम काम भइरहेको मन्त्रालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार