समयमै काम सक्न ३० वटा खानेपानी समिति र संस्थालाई १ महिनाको अल्टिमेटम, समयमा नसके कार्वाही गरिने

काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले दशौं समूहमा सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाहरु निर्माण गर्न सम्झौता भए बमोजिमको काम महिना दिनभित्र सम्पन्न गरी भुक्तानी लिईसक्न ३० वटा सहयोगी संस्था तथा खानेपानी उपभोक्ता समितिहरुलाई आग्रह गरेको छ ।

सम्झौता बमोजिमको कार्य सम्पन्न गर्न विभिन्न समयमा गरिएको मौखिक तथा लिखित ताकेता, गोष्ठी र जुम अनलाइन बैठक मार्फत गरिएका मौखिक तथा लिखित प्रतिबद्धताका बाबजुद पनि काम सम्पन्न नगरेकाले ती खानेपानी उपभोक्ता समिति र सहयोगी संस्थालाई अल्टिमेटम सहितको सूचना निकाल्नु परेको कोष विकास समितिले जनाएको छ ।

कोष विकास समितिले नेपाल सरकार र विश्व बैंक सँग सम्झौता अवधि समाप्त भईसकेको र थपिएको अवधि समेत यही कार्तिक मसान्तसम्म मात्र भएकाले कार्य सम्पन्न गरी कोष विकास समितिमा सम्पन्न प्रतिवेदन बुझाउन पनि भनेको छ ।

प्रतिवेदनमा सम्पन्न, व्यवहारमा अधुरै

कतिपय सहयोगी संस्थाले कोष विकास समितिमा सम्पन्न प्रतिवेदन बुझाएपनि स्थलगत अनुगमन गर्दा कार्य सम्पादन गर्न बाँकी रहेको पाईएको छ । कोष विकास समितिमा प्राप्त आर्थिक विवरण र अन्तिम प्रगति प्रतिवेदन अनुसार समितिबाट स्थलगत अनुगमन गरेर प्रमाणीकरण गरेपछि मात्र भुक्तानी दिईने भएकाले प्रतिवेदन पेश गरेका तर काम सम्पन्न गर्न बाँकी सहयोगी संस्थालाई समेत तत्काल कार्य सम्पन्न गर्न आग्रह गरेको छ ।

कार्तिक भित्र सम्पन्न नगरे कारवाही हुने

सम्झौता बमोजिमको काम सम्पन्न गरी कार्तिक मसान्त अगावै प्रगति प्रतिवेदन प्राप्त नभएमा कोष विकास समिति भुक्तानी दिन बाध्य नहुने र सोको सम्पूर्ण जिम्मेवारी सहयोगी संस्था स्वयंले लिनुपर्ने समितिले जनाएको छ ।

सहयोगी संस्था र उपभोक्ता समितिबाट जानाजान हेल्चेक्र्याई गरी आयोजना सम्पन्न नगरेको अवस्थामा नेपाल सरकारको प्रचलित कानुन बमोजिम कारवाही गर्न बाध्य हुने कोष विकास समितिले जनाएको छ ।

यी हुन् समयमै कारवाहीको सूचीमा रहेका सहयोगी संस्था तथा खानेपानी आयोजनाहरु

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार