६ वटा खानेपानी आयोजना निर्माण गर्न रोशी र नेवा बीच सम्झौता

  रासस  718 पटक हेरिएको

नेवाले बनाएको धारा

काभ्रेपलाञ्चोक :  काभ्रेपलान्चोकको रोशी गाउँपालिकामा सञ्चालित ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत छवटा खानेपानी आयोजना सम्झौता गरिएको छ । गाउँपालिका र नेपाल स्वास्थ्यको लागि पानी (नेवा) संस्थाबीच खानेपानी तथा सरसफाइ आयोजना सम्बन्धी द्विपक्षीय सम्झौता भएको हो ।

गाउँपालिका अध्यक्ष दिनेश लामा र नेवा संस्थाका बागमती प्रदेश प्रमुख मैत्रेयी शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरी सोमबार द्विपक्षीय सम्झौता गरिएको हो ।

खानेपानी आयोजना गाउँपालिकाको वडा नं १२ मा दुई, १० नं वडामा दुई र वडा नं १ मा दुई गरी छवटा खानेपानी आयोजना सम्झौता भएको अध्यक्ष लामाले बताउनुभयो ।

ती आयोजनाबाट तीन सय ९८ घरपरिवार, तीन विद्यालय र एक स्वास्थ्य संस्थाका दुई हजार नौ सय ६२ जना लाभान्वित हुने जनाइएको छ । योजनाअनुसार तीनवटा वडामा दुई हजार चार सय ५३ धारा निर्माण हुनेछ । छवटा खानेपानी आयोजना सम्पन्न गर्न रु तीन करोड १० लाख २९ हजार आठ सय ६१ बजेट अनुमान गरिएको संस्थाले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार