बाग्मती करिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिदै मन्त्री घिसिङ

  वास खबर सम्बाददाता  188 पटक हेरिएको

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाग्मती करिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिनुभएको छ ।

आज बिहान बाग्मती नदी करिडोर अन्तर्गत गुह्येश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेपछि उहाँले बाग्मती करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइमा जोड दिनुभएको हो ।

मन्त्री घिसिङले नदी सफा भए मात्र शहर सफा हुने भन्दै बाग्मतीलाई सफा बनाउन ढल व्यवस्थापन, करिडोरका सडक मर्मत र नदीमा फालिएको फोहोर प्राथमिकताका साथ हटाइने बताउनुभयो ।

नदीको सबै फोहोर हटाएर त्यसको चेक बाँधलाई सञ्चालन, सो स्थानमा साना तलाउ बनाएर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेगरी काम भइरहेको मन्त्री घिसिङले जानकारी दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

मन्त्री घिसिङले गत शनिबार पनि गुह्येश्वरी फोहोरपानी प्रशोधन केन्द्रको अनुगमन गर्नु भई फोहोरपानी प्रशोधन केन्द्रको अनुगमन गरी यसको वर्तमान अवस्था, सञ्चालनका चुनौतीका बिषयमा जानकारी लिनु भएको थियो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार