
काठमाडौ : एजेन्डा फर चेन्जका कार्यकारी बोर्डले नेपाल सरकार, खानेपानी मन्त्रालय सम्बद्ध उच्च पदस्थ कर्मचारी तथा एजेन्डा फर चेन्जको नेपाल च्याप्टरसँग छलफल गरेको छ। एजेन्डा फर चेन्जको कार्यकारी बोर्डसँगै भारत, मलावी, इथियोपिया र युगान्डाका सदस्यहरूले सरकारी निकाय तथा एजेण्डा फर चेन्जको नेपाल च्याप्टर सँग छुट्टाछुट्टै छलफल गरेको हो।
सरकारी निकायसँगको छलफलमा एजेण्डा फर चेन्जका डाइरेक्टर Bethlehem Mengistu ले एजेण्डा फर चेन्जको लक्ष्य तथा भिजनको बारेमा प्रष्ट पानु भएको थियो। एजेण्डा फर चेन्ज साझा सिद्धान्त र समान कार्यदृष्टिकोण अपनाएका समान सोच भएका संस्थाहरू (सदस्यहरू) को एक सञ्जाल हो।
Bethlehem Mengistu ले भन्नुभयो ‘‘एसडीजी ६ ले परिकल्पना गरे अनुसार सबैका लागि पानी, सरसफाइ तथा स्वच्छता सेवामा सार्वभौमिक तथा दिगो पहुँच सुनिश्चित गर्न आवश्यक प्रणाली सुदृढीकरणमा राष्ट्रिय र स्थानीय सरकारलाई सहयोग तथा प्रवर्द्धन गर्न हाम्रा सदस्यहरू सामूहिक रूपमा क्रियाशील छन्।”

बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ र खानेपानी खानेपानी तथा सरसफाइ महाशाखा प्रमुख सहसचिव मीना श्रेष्ठ समेत सहभागी हुनुहुन्थ्यो।
यस्तै एजेण्डा फर चेन्जको नेपाल च्याप्टरसँग भएको छलफल तथा अन्तरक्रियामा भारत, मलावी, इथियोपिया र युगान्डाले समेत आ-आफ्नो राष्ट्रमा गरिरहेका कामहरुको बारेमा जानकारी गराएका थिए।
नेपाल च्याप्टरको तर्फबाट भने हालसम्म सम्पादन गरेका कार्यक्रमहरु, चुनौतीहरु र आगामी योजनाका बारेमा केयर नेपालका सुरज श्रेष्ठले प्रस्तुतीकरण गर्नुभयो।
आगामी योजनााहरु :
• सरकारको प्रशिक्षण केन्द्र (NWSSRICDC) मार्फत WASH System Training Manual को कार्यान्वयन विस्तार गर्ने।
• Development Partners (DPs) का लागि WASH System Strengthening सम्बन्धी ToT सञ्चालन गर्ने।
• स्थानीय तहमा WASH System Strengthening Guidance Document को विस्तार गर्ने।
• MoWS र DWSSM का कर्मचारीहरूलाई WASH System Strengthening का सूक्ष्म पक्षहरूबारे अभिमुखीकरण गर्ने।
• Joint Sector Review commitments कार्यान्वयनका लागि Sector Efficiency Improvement Unit (SEIU) लाई MoWS मार्फत सहयोग गर्ने।
• WASH regulation को traffic light system सम्बन्धमा DWSSM लाई निरन्तर सहयोग गर्ने।
एजेण्डा फर चेन्ज नेपालले आगामी पाँच बर्षको लागि मार्गचित्र निर्माण गरी कार्यान्वयन गरिरहेको छ । दुई पक्षीय छलफलमा मार्गचित्रबारे पनि छलफल गरिएको थियो।

खानेपानी, सरसफाइ र स्वच्छता प्रणाली सुदृढीकरणका लागि विभिन्न पाथवे अन्तर्गत गरिने क्रियाकलापहरु समेटेर मार्गचित्र तयार गरिएको एजेण्डा फर चेन्ज नेपालका प्रमुख सीमा रजौरियाले जानकारी गराउनुभयो ।
एजेण्डा फर चेन्ज नेपालका वास प्रणाली सुदृढीकरण सम्बन्धी तीन वटा दस्तावेजहरु प्रकाशित छन्। छलफलमा उक्त दस्तावेजहरुका बारेमा समेत जानकारी गराईएको थियो।
एजेण्डा फर चेन्ज (Agenda for Change) सन् २०१५ मे महिनामा स्थापना भएको हो । यो संस्था समान उद्देश्य र सोच भएका संस्थाहरू (सदस्यहरू) बीचको एक सहकार्य हो, जसले साझा सिद्धान्तहरू र दृष्टिकोणहरूलाई अंगीकार गर्दछ ।
एजेण्डा फर चेन्जले राष्ट्रिय र स्थानीय सरकारलाई सहयोग गर्दै दिगो विकास लक्ष्य ६ मा निर्दिष्ट गरिएका खानेपानी, सरसफाइ र स्वच्छता (WASH) प्रणाली सुदृढीकरणका लागि वकालत र समर्थन गर्ने काम गर्दछ ।
एजेण्डा फर चेन्जको मुख्यालय अमेरिकामा रहेको छ। विश्वका करिब २५ देशमा एजेण्डा फर चेन्जको स्थायी च्याप्टरहरु बनेका छन्। एजेण्डा फर चेन्ज नेपालमा वाटर एड नेपाल, केयर नेपाल, अक्सफाम नेपाल, टीडिएच फाउण्डेसन, डब्लु. एच.एच., हेल्भेटास नेपाल, सीमावि, फेडवासन र वास खबर गरी ९ वटा संस्थाहरु आवद्ध छन् । यसको नेतृत्व वाटर एड नेपालले गरिरहेको छ। यसको प्रमुख Wateraid Nepal का पैरवी प्रमुख सीमा रजौरिया हुनुहुन्छ।



128 पटक हेरिएको 

