विष्णुपुर गाउँपालिकाको सरसफाइ स्थिति विश्लेषण प्रतिवेदन पेश

  वास खबर समाचारदाता  170 पटक हेरिएको

सप्तरी : विष्णुपुर गाउँपालिकाको सरसफाइ स्थिति विश्लेषण योजना प्रतिवेदन २०८२ गाउँपालिकामा पेश गरिएको छ। सबल नेपाल, महुली सामुदायिक विकास केन्द्र, सप्तरी र Welthungerhilfe (WHH) बीचको समन्वय तथा सहकार्यमा सञ्चालित “तराई क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) प्रणाली सुदृढीकरण” परियोजना अन्तर्गत उक्त प्रतिवेदन तयार गरिएको हो।

प्रतिवेदनमा गाउँपालिकाको सरसफाइ क्षेत्रमा हासिल भएका प्रगति तथा उपलब्धिहरू, स्थानीय तहमा खानेपानी तथा सरसफाइ संरचनाहरूको दिगोपन र संस्थागत सुदृढीकरणका लागि गरिएका प्रयासहरू, साथै आगामी दिनमा लिनुपर्ने रणनीतिक कदमहरूका विषयमा विस्तृत विश्लेषण समेटिएको छ।

सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार साहले गाउँपालिकासँगको सहकार्यप्रति कृतज्ञता व्यक्त गर्दै सुरक्षित खानेपानी र पूर्ण सरसफाइयुक्त गाउँपालिका निर्माणमा सबै पक्षको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले आगामी दिनमा समेत स्थानीय तहसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै साझा लक्ष्य प्राप्तिमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गाउँपालिकाले सरसफाइ तथा खानेपानी क्षेत्रमा देखाएको नेतृत्व र निरन्तर सहयोगका कारण कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढिरहेको जनाइएको छ। साथै, प्रस्तुत प्रतिवेदनले आगामी योजना निर्माण तथा कार्यान्वयनमा मार्गदर्शन गर्ने विश्वास लिइएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार