दार्मामा २ दिने जल सम्मेलन सम्पन्न, दिगो खानेपानी व्यवस्थापनमा जोड

  वास खबर समाचारदाता  461 पटक हेरिएको
🔗
84
Shares

सल्यान : सल्यानको दार्मा गाउँपालिकामा दुई दिने जल सम्मेलन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिका अन्तर्गत सञ्चालित ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (Suswa) आयोजना’ ले सम्मेलन आयोजना गरेको हो।

कुल ४७ वटा योजनाबाट करिब १०० जनाको सहभागितामा भएको सम्मेलनमा प्रशिक्षण सत्र मार्फत खानेपानी योजनाको दिगोपन, प्रभावकारी मर्मत सम्भार व्यवस्थापन, पानी सुरक्षा योजना, पानी शुद्धीकरणका विभिन्न विधिहरू तथा खानेपानी सेवा सहायता केन्द्रका ८ वटा मोडेलहरूबारे विस्तृत जानकारी गराईएको थियो।

कार्यक्रमका सहभागीहरूले आफ्ना खानेपानी योजनाहरूलाई दिगो र प्रभावकारी रूपमा सञ्चालन गर्ने, नियमित मर्मत सम्भारलाई प्राथमिकता दिने, पानीको गुणस्तर सुरक्षित राख्ने तथा पूर्ण सरसफाइका सूचकहरूलाई समन्वय गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस प्रकारका कार्यक्रमहरूले स्थानीय तहमा खानेपानी तथा सरसफाइ सेवाको गुणस्तर सुधार गर्नुका साथै दीर्घकालीन दिगोपन सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

गाउँपालिकाभित्रका विभिन्न खानेपानी तथा सरसफाइ योजनाका उपभोक्ता समितिका पदाधिकारीहरू तथा ग्रामीण मर्मत सम्भार कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

सम्मेलनमा दार्मा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको समेत सहभागिता रहेको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार