खानेपानी तथा सरसफाइ क्षेत्रको तालुक मन्त्रालय पूर्वाधार विकासले गर्ने कामहरु

  वास खबर सम्बाददाता  782 पटक हेरिएको
🔗
136
Shares

काठमाडौ : खानेपानी तथा सरसफाइ क्षेत्रको तालुक मन्त्रालय पूर्वाधार विकास मन्त्रालयलाई तोकेपछि अब खानेपानी, सरसफाइ र स्वच्छता सँग साबिकमा हुँदै आएका सम्पूर्ण काम पूर्वाधार विकास मन्त्रालय अन्तर्गत नै हुनेछन् ।

खानेपानी मन्त्रालय सँगै शहरी विकास, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गाभिएर बनेको ठूलो मन्त्रालय भएकाले खानेपानी तथा सरसफाइ क्षेत्र अन्य पूर्वाधार विकासको छायाँमा पर्ने हो कि भन्ने वास क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
नेपाल सरकार (कार्य विभाजन) नियमावली। २०८३ अनुसार पूर्वाधार विकास मन्त्रालयलाई ३८ वटा कामहरु तोकिएकोमा खानेपानी, सरसफाइ, स्वच्छता सँग सम्बन्धित निम्न कामहरु गर्नेछन् ।

• फोहोरमैला व्यवस्थापनसम्बन्धी नीति,मापदण्ड, समन्वय र सहजीकरण
• खानेपानीसम्बन्धी राष्ट्रिय नीति, कानून, मापदण्ड र नियमन
• खानेपानीको मुहान संरक्षणः
• राष्ट्रियस्तरका ठूला खानेपानी आयोजना र अन्तर प्रदेश खानेपानी आयोजनाः
• राष्ट्रियस्तरका प्रशोधन सहितका वृहत ढल र अन्तरप्रदेश ढल प्रशोधन सहितका आयोजनाहरूको पहिचान, निर्माण र नियमनः
• मन्त्रालयसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सन्धि, सम्झौता,सम्पर्क र समन्वयः
• मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, बोर्ड, प्राधिकरण, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमनः
• नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल इन्जिनियरिङ्ग समूहको जनरल,
• स्यानिटरी,हाइवे, रेल्वे,बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहको सञ्चालन।

हेर्नुहोस् नेपाल राजपत्रमा प्रकाशित कार्यविभाजन नियमावली

https://washkhabar.com/np/wp-content/uploads/2026/05/KN.pdf

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार