फोहोरको शल्यक्रियामा अडिएको सास

दुुई बोरा भरिंदा, फोहोरको बीचमा पनि सुुगन्ध

काठमाडौ : काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोल ल्याण्डफिल साइटमा पुुग्दा केही महिलाहरु ट्रकले खन्याएको फोहोर छान्न ठेलमठेल गरिरहेका थिए । फोहोरमा भेटिएका प्लाष्टिकजन्य बोतल र डिब्बाहरु जत्ति धेरै खोज्न सक्यो त्यत्ति धेरै पैसा कमाउन सकिने भएकाले बढी भन्दा बढी यस्ता सामग्री बटुल्न उनीहरु तल्लीन देखिन्थे ।

 

फोहोरलाई पन्छाइरहेको भीडमा भेटिनुुभयो सिसडोलकी अञ्जु सेढाइँ । फोहोरको थुप्रोमा बिहानै जाने र दिनैभरि यस्ता बोतल तथा डिब्बा जम्मा गर्दैै आएको उहाँले बताउनुुभयो ।

हरेक दिन फोहोरको शल्यक्रिया गर्ने अञ्जुको कमाई कति हुन्छ त ? ‘एउटा बोरा भरिए तीन सय रुपैयाँ, दुुई बोरा भराउन सके ६ सय रुपैयाँ हुन्छ’ उहाँले सुनाउनुुभयो । फोहोर पन्छाएर पैसा खोज्ने अञ्जु जस्ता धेरै छन् सिसडोलमा, जसको सास नै ल्याण्डफिल साइडमै अडिएको छ ।

फोहोरमा आश्रित मानिसहरु थुप्रै भएकाले प्रायजसो एक बोरा भरिन पनि मुस्किल पर्ने उनीहरुको साझा भोगाई छ । कहिलेकाहीँ बढीमा २ वटासम्म बोरा भरिदा ६ सय रुपैयाँसम्म कमाई हुने उहाँले बताउनुुभयो । ‘कहिले त दिनको ६ सय रुपैयाँ हुन्छ, त्यो दिन फोहोरको बीचमा पनि सुुगन्ध आएको महसुस हुन्छ ।’

फोहोरमा रकम बटुल्नेलाई सार्प नेपालको साथ

फोहोरमा मिसिएर आएको सामान जम्मा पार्ने क्रममा कहिले सीसाले काट्ने गरेको थुप्रै अनुुभव छ अञ्जुसँग । शुरुका दिन खासै वास्ता नगरेपनि अहिले उनीहरु सचेत भएका छन् । अहिले उनीहरुलाई सार्प नेपाल भन्ने संस्थाले खोप लगाउँदै आएको अञ्जुले सुनाउनुुभयो ।

‘फोहोरबाट सुरक्षित हुने तालिम पनि लिएका छौं’ उहाँले भन्नुुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार