काठमाडौ : सरकारले सामुदायिक विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छतामा तारा पद्धति लागु गर्ने भएको छ । विद्यालयको वासमा तारा पद्धति लागु गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७५’ जारी गरिसकेको छ ।
केन्द्रले जारी गरेको कार्यविधिलाई स्थानीय सरकारले संशोधन वा अनुमोदन गरेर पनि लागु गराउन सक्ने व्यवस्था छ ।
विद्यालयमा स्टार पद्धतिद्वारा खानेपानी, सरसफाइ तथा स्वच्छताको प्रबर्धन गर्न सरकारको रणनीति यस्तो छ ।
रणनीतिहरु :
– विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताका सवालहरुलाई संघीय, प्रादेशिक तथा स्थानीय तहका योजना प्रक्रियामा प्रवाहीकरण गर्ने ।
– विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताका सवालहरुलाई संघीय, प्रादेशिक तथा स्थानीय तहका योजना प्रक्रियामा प्रवाहीकरण गर्ने ।
– विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता प्रबर्धनका लागि सरकारी, संयुक्त राष्ट्र संघीय मिसन, गैरसरकारी, निजी क्षेत्र र नागरिक समाजका बीच समन्वय, सहकार्य र साझेदारी गर्ने ।
– विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताको बिषयलाई विद्यालय सुधार योजनामा समावेश गर्ने ।
– विद्यालय खानेपानी र सरसफाइका सुविधा र प्रबर्धनका लागि निरन्तर स्वमूल्यांकन पद्धति अवलम्बन गर्ने ।
– बाल क्लव, विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र सरोकारवालाहरुको को क्षमता विकास गर्ने
– विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कायम गर्ने कार्यलाई नियमित सिकाइ क्रियाकलापसँग आवद्ध गर्ने ।