काठमाडौ : काठमाडौ उपत्यका भित्रका सात नगरपालिकाका उपमेयर तथा स्वास्थ्य शाखा प्रमुखहरु दिसाजन्य लेदो व्यवस्थापन केन्द्रमा एकैसाथ भेला हुँदैछन् ।
काठमाडौं उपत्यकामा हैजा र पानीजन्य रोगहरुको मनसुन समयमा उच्च जोखिम घटाउन उपयुक्त उपायबारे अवगत गराउन र महालक्ष्मी नगरपालिकामा अवस्थित दिसाजन्य लेदो व्यवस्थापन केन्द्र भ्रमण गराई त्यस प्रणालीको कार्यविधि, मर्मत सम्भार तथा फाईदाहरु बारे अध्ययन गराउन नगरपालिकाका उपप्रमुख तथा स्वास्थ्य शाखा प्रमुखलाई वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले अवलोकन भ्रमण गराउन लागेको हो ।
अवलोकनमा काठमाडौं महानगरपालिका, चन्द्रागिरी नगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मीनगरपालिका, गोदावरी नगरपालिका, सुर्य विनायक नगरपालिका, भक्तपुर नगरपालिका वा चाङ्गुनारायण नगरपालिकाका उपप्रमुख तथा स्वास्थ्य प्रमुख सहभागी हुनेछन् ।
वातावरण र जनस्वास्थ्य संस्थाले ती नगरपालिकाहरुमा उपत्यका भित्रका नगरपालिकाहरुमा हैजा तथा पानीजन्य रोगहरुको पुर्व तयारीका लागि क्षमता अभिवृद्धि गर्न प्राविधिक सहयोग परियोजना सञ्चालन गर्दै आएको छ ।
ग्लष्अभा को आर्थिक सहयोगमा वातावरण र जनस्वास्थ्य संस्था (भ्ल्एज्इ) द्धारा सञ्चालन परियोजनाले नगरपालिकाहरु र सम्बन्धित सरोकारवालाहरुलाई पानीजन्य रोगहरु (हैजा) को रोकथामका लागि क्षमताको अभिवृद्धि गर्ने र समुदाय स्तरमै पुर्वतयारी गराई पानीजन्य रोगहरुको न्यूनीकरण गर्ने उद्देश्य लिएको छ ।