काठमाडौ : अहिलेसम्म देशका ६३ वटा जिल्ला खुला दिसामुक्त घोषणा भएका छन् । सन् २०११ अर्थात २०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि नेपालमा सरसफाइ अभियानले तीब्रता पाएको हो ।
गुरुयोजना बन्ने समयमा ४३ प्रतिशत रहेको नेपालको सरसफाइको कभरेज अहिले ९९ प्रतिशत पुगेको छ । खुला दिसामुक्त घोषणाको बिषयलाई लिएर कहिलेकाही हाजिरी जवाफ प्रतियोगितामा समेत प्रश्न सोध्ने गरिएको छ ।
त्यत्तिमात्र नभई आफ्नो जिल्ला कहिले खुला दिसामुक्त घोषणा भएको थियो भन्ने जानकारी राख्ने मन धेरैलाई हुनसक्छ । नेपालको पहिलो खुलादिसामुक्त जिल्ला कास्की हो । त्यसपछि नै क्रमशः चितवन, तनहुँ हुँदै अहिलेसम्म ६३ वटा जिल्ला खुला दिसामुक्त घाषणा भएका हुन् ।