• टयांकरको पानीमा पनि मूल्य अभिवृद्धि कर

    ललितपुर : गोदावरीबाट पानी लिएर आएका टयांकरहरू टौखेलको ढाटअघि रोकिनुपर्छ । त्यहाँ गोदावरी नगरपालिकाले ठेक्का दिएको कम्पनीका कर्मचारीले प्रत्येक पानी टयांकरसँग कर उठाउँछन् । त्यहाँ जारी हुने बिलबिजकअनुसार उक्त करको दर सानो टयांकरको सय र ठूलोको १ सय ५० रुपैयाँ देखिन्छ । यसरी लाग्ने करमा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर...

  • कमला बेसिन विकास रणनीति तयार पारिदै, के के छन् रणनीतिमा ?

    काठमाडौ : जल तथा ऊर्जा आयोगको सचिवालयले कमला बेसिन विकास रणनीति तयार पार्ने भएको छ । कमला बेसिनको जलस्रोत योजना तथा व्यवस्थापनका लागि आगामी एक बर्षभित्र बेसिनको रणनीति तयार पारिने भएको हो । आगामी २०७६ को जेठ मसान्तभित्र कमला बेसिन विकास रणनीति तयार पार्ने गरी अध्ययन अघि बढेको ऊर्जा आयोग सचिवालयका सिनियर डिभिजनल इन्जिनि...

  • तीन बर्षमा तमोर लिफ्ट खानेपानी आयोजनाले के के ग-यो ?

    पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकाको यासोकमा निर्माणाधीन तमोर लिफ्ट खानेपानी आयोजनाले करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । ३ वर्ष अघि सुरु भएको खानेपानी आयोजनाले ११ वटा मुख्य ट्यांकी निर्माण गरेको छ भने १७.९ किलोमिटर पाइप लाइन निर्माणको काम पनि सम्पन्न गरेको छ । यस्तै ९ वटा पम्प हाउस निर्माण र कार्यालय भवन निर्माण...

  • खोलामा फोहोर फाल्न नदिइने, वडा अध्यक्षको दादागिरी विरुद्ध स्थानीयबासिन्दा संघर्षमा

    सोलुखुम्बु : सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. ५ र ६ को सीमानामा पर्ने खोलाखोल्सीमा फोहोर फाल्न नदिने भएको छ । नयाँ बजार क्षेत्रको विकास, सवारी तथा ढल व्यवस्थापन र खानेपानी आपूर्ति लगायत नागरिकको जनजीविकासँग सरोकारको विषयमा खबरदारी गर्ने उद्देश्यले गठित संघर्ष समितिले खोलामा फोहोर फाल्दा वातावरणमा समेत प्रत्यक्ष अस...

  • पानीको माग गदै कुलोको मुहानमा पूजा

    दाङ : साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै यहाँका किसानले भुमेबर्माको पूजा गरेका छन् । तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ हुने किसानले शनिबार सिँचाइ कुलोको मुहानमा गएर पूजा गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका–३ को श्रीकुलामा पूजा गरेको सात गाउँले कुलो सिँचाइ आयोजनाका अध्यक्...

  • व्यवसायीको आन्दोलनले खानेपानी हाहाकार

    भक्तपुर : चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रमा उत्पादन हुने जार तथा बोतलका खानेपानीमा कर लगाएको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएपछि भक्तपुरमा खानेपानीको हाहाकार भएको छ । नेपाल बोतल वाटर उद्योग संघ क्षेत्रीय समिति भक्तपुरले जार र बोतलको पानीमा पटके कर लगाएको भन्दै विरोध गर्दै पानी उत्पादन र वितरण बन्द गरेपछि खानेपानी...

  • खानेपानीले दिएको खुसी

    प्युठान : प्यूठान नगरपालिका ६ माझकोट ओखरबोटकी टोपली विकले घरकै आँगनमा पानीको धारा खस्ला भन्ने कहिल्यै सोचेकी थिइनन् । डाँडाको बस्ती भएकाले वर्षामा पोखरीमा जम्मा भएको आकाशे पानी उपभोग गर्थिन् । हिउँदमा घण्टौं पैदल हिँडेर पानीको जोहो गर्थिन् । तर, अचेल उनको घरको आँगनमा पानीको धारा खसेको छ । आँगनमा पानीको धारा खसेसँगै उनक...

  • एक करोड लागतमा खानेपानी आयोजना निर्माण

     चितवन : पूर्वी चितवनको कालिका नगरपालिका–१ गडुवामा रु एक करोड लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । पोखरास्थित गोर्खा वेल्फेयर ट्रष्ट, ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानी आयोजना निर्माण भएको हो । मिटर प्रणालीमा धारासहितको खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयवासी हर्षित ...

  • तीन वर्षको प्रयासपछि खानेपानी आयोजना सम्पन्न

    म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकमका बासिन्दाले तीन वर्षको प्रयासमा रू दुई करोड ५१ लाख ३४ हजार ५४० को लागतमा खानेपानी आयोजना निर्माण गरेका छन् । कोतखोला तेस्रो खानेपानी तथा सरसफाइ योजनाबाट साविक ताकम गाविसको ३, ४, ५, ६ र ९ नं वडाका ३३० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष देवबहादुर थापाले बत...

  • खानेपानीले भित्र्यायो लक्षिण

    नुवाकोट : नुवाकोटको किस्पाङ गाउँपालिका १ भाल्चेकी संगीता विकले सासुको गाली खानु नपरेको दिनै हुँदैनथ्यो । पानी खोज्ने बेला घरमा भएका सबै गाग्री रित्तै भेटिएपछि सासुले भट्याउन थालिहाल्नु हुन्थ्यो । ‘पानी नभएको घरमा लक्षिणले बास गर्दैनन्, गरिबीबाट माथि उठ्न नसक्नु पनि घरमा पानी नभएरै हो । बाटोको घर कसैले पानी माग्यो भने क...