खोटाङमा प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध

खोटाङः  खोटाङमा प्लास्ष्टिक झोला प्रयोग गर्न नदिने भएको छ । प्लास्टिक झोलाको प्रयोगले वातावरण विग्रदै गएपछि खोटाङलाई प्लास्टिक मुक्त गर्न प्रयोगमा रोक लगाएको हो । प्लास्टिक झोलामुक्त जिल्ला बनाउन फागुन मसान्तभित्र सबै संघसंस्था तथा कार्यालयले चेतनामुलक कार्यक्रम गरी अभियान चलाउने र ऐन कार्यान्वयनका लागि जिल्ला अनुगमन समितिलाई सहयोग गर्ने निर्णय गरिएको छ ।
तत्काल प्लास्टिक झोला प्रयोगमा न्यूनीकरण गरी प्लास्टिक झोलामुक्त गरिने स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले जानकारी बताउनुभयो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा घरेलु तथा साना उद्योग र उद्योग वाणिज्य संघ तथा योजना अधिकृतले सदरमुकामका सबै पसलमा अनुगमन गर्ने भएको छ । आगामी दिनमा कुनै पनि कार्यालयहरूमा प्लास्टिकका सामान नराख्न प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले निर्देशन दिनुभएको छ ।

कार्यालयमा प्लास्टिकका गिलासको प्रयोग र पेय पदार्थका प्लास्टिकजन्य सामग्रीहरू प्रयोग गरे तत्काल जलाउन आग्रह गर्नुभयो । प्लास्टिकका झोला प्रतिबन्धपछि स्थानीय स्तरमा उत्पादन गर्न सकिने जुटको झोला प्रयोगको सम्भावनाका विषयमा पनि छलफल भएको छ ।
जिल्लाका राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय र पत्रकार नागरिक समाजले प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउन सहमति जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार