रुकुममा पूर्ण सरसफाइ अभियानमा तिब्रता

 955 पटक हेरिएको

रुकुम : रुकुममा पूर्ण सरसफाइ अभियान सम्बन्धी गतिविधि बढ्न थालेका छन् । हालै सानीभेरी गाउँपालिका भित्रका विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक, शिक्षिकाहरुका लागि खानेपानी स्वास्थ्य र सरसफाइ सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

USAID को सहयोगमा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा सानीभेरी गाउँपालिकाको वडा नं. ५, ६ र ७ तथा भूमे गाउँपालिका वडा नं. ३ मा सरसफाइ कार्यक्रम संचालन भईरहेको छ ।

कार्यक्रम अन्तर्गत भुमे गाउँपालिकामा गाउँपालिकाको रणनैतिक योजना निर्माण चरणमा र सानीभेरी गाउँपालिकामा तीब्र रुपमा यो कार्यक्रम चलिरहेको छ ।

सुआहारा कार्यक्रमका सरसफाइ अधिकृत विकास बन्जाराका अनुसार कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई खानेपानी सरसफाइ र स्वच्छताका सुचकको विषयमा जानकारी गराइएको छ ।

चालु आर्थिक बर्षमा सानीभेरी गाउँपालिकाको ३ वटा टोल र भुमे गाउँपालिकाको १ वटा टोल पूर्ण सरसफाइयुक्त बनाउने योजना रहेको सुआहारा कार्यक्रमका सरसफाइ अधिकृत विकास बन्जाराले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार