काठमाडौ : सार्वजनिक शौचालयबाट बायोग्यास निकालेर खाना पकाउने कुरा गर्दा कसैले पत्याएकै थिएनन्, जत्तिबेला शौचालयको शिलान्यास हुँदै थियो । गत नोभेम्बर १९ अर्थात विश्व शौचालय दिवसका दिन बायोग्यास जडित शौचालयको शिलान्यास गरिएको थियो ।
शौचालयको शिलान्यास गर्ने व्यक्ति हुनुहुन्थ्यो, काठमाडौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य ।
सार्वजनिक शौचालयबाट बायोग्यास निकाल्ने योजनालाई पत्यार नगर्नुको एउटा कारण यो पनि थियो । किनकि त्यत्तिबेला प्रमुख शाक्यलाई यो भएन, त्यो भएन भनेर गाली गर्नेको ओइरो थियो, सामाजिक सञ्जालमा ।
‘नपत्याउने खोलाले बगाउँछ’ भने झैं अहिले महानगरप्रमुख शाक्यले शिलान्यास गर्नु भएको बायोग्यास जडित शौचालयबाट चौबीसै घण्टा बायोग्यास उत्पादन गरी बालिरहेको छ । गज्जबको कुरा त बायोग्यास उत्पादनका लागि निर्मित संरचना कतै पनि देखिदैन । बायोग्यासको संरचनामाथि आकर्षक फूलको बगैंचा निर्माण गरिएको छ । हेरौं यो भिडियो रिपोर्ट :