बसन्तपुरमा वास मेला सुरु, पिउने देखि लगाउने सम्मका सामग्री उपलब्ध

 

काठमाडौ : राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवसको अवसरमा काठमाडौको बसन्तपुरमा ‘वास मेला’ सुरु भएको छ । खानेपानीमन्त्री बिना मगरले वास मेलाको उदघाटन गर्नुभयो । मेलामा खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित २४ वटा स्टल राखिएको छ ।

पिउने देखि लगाउनेसम्म

मेलामा राखिएका स्टलहरुमा खानेपानी शुद्धिकरण गर्ने फिल्टर देखि महिनावारी हुँदा लगाउने विभिन्न प्याडहरु समेत राखिएको छ । जैविक एवं घरेलु स्यानिटरी प्याडका बारेमा जानकारी प्रदान गर्ने मात्र नभई बनाउने तरिका समेत प्रदर्शन गरेर देखाईन्छ ।

यस्तै खानेपानी शुद्धिकरणका लागि क्लोरिनेशन विधि, आकाशे पानी संकलन एवं फिल्ट्रेशन विधि, खानेपानी र सरसफाइको क्षेत्रमा हासिल गरेका अन्य नवीन प्रविधिहरु समेत स्टलमा राखिएको छ ।

सम्बन्धित स्टलहरुमा राखिएको खानेपानी तथा सरसफाइ सम्बन्धी सामग्रीका बारेमा अवलोकन एवं पर्याप्त जानकारी समेत हासिल गर्न सक्नुहुन्छ । भोलिसम्म सञ्चालन हुने मेलामा विभिन्न सत्रमा खानेपानी तथा सरसफाइ सम्बन्धी नाटक प्रदर्शनी एवं प्यानल डिस्कसन समेत हुनेछ ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार