खानेपानी र पूर्ण सरसफाइको एजेण्डा पचालझरनाको प्राथमिकता

 

कालिकोट : कालिकोटको पचालझरना गाउँपालिकाले खानेपानी तथा पूर्ण सरसफाइको मुद्दालाई बिशेष प्राथमिकतामा राखेको छ । गाउँपालिकाको चौथो गाउँ सभाले खानेपानी तथा पूर्ण सरसफाइको बिषयलाई प्रमुख प्राथमिकतामा राखेको हो ।

गाउँपालिकाको प्रत्येक घरधुरीमा एक घर एक धारा निर्माण अभियानलाइ तिव्रता दिने र पूर्ण सरसफाइ उन्मुख गाउँ, टोल, वडा घोषणा गर्नेलाइ पुरस्कृत र सम्मान गर्ने गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालद्वारा प्रस्तुत आगामी योजनाको प्रतिबेदनमा उल्लेख छ ।

गाउँपालिकाले पूर्ण सरसफाइ सँगै १ घर १ विरुवाको अवधारणालाई समेत सँगसँगै राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार