महिनावारी भयो ? यी काम भुलेर पनि नगर्नुहोस्

काठमाडौ : महिनावारी भएको समयमा कतिपय कुराहरु अन्जानवश गरिन्छ । के गर्न मिल्ने के गर्न नमिल्ने भन्ने बारे थाहा नहुँदा कतिपय गर्न नहुने कुरा पनि गरिरहेका हुन्छौं । यसले गुप्ताङ्गमा समस्या पर्ने देखि लिएर भविश्यमा प्रजनन् समस्या समेत निम्तिन बेर लाउँदैन । त्यसैले महिनावारी भएको समय निम्न कामहरु भुलेर पनि गर्नुहुँदैन ।

महिनावारी भएको समयमा गर्न नहुने कामहरु :

–  महिनावारी भएको समयमा जथाभावी कपडाहरु प्रयोग गर्नुहुँदैन । यसबेला स्यानिटरी प्याड वा नरम कपडा मात्र प्रयोग गर्नुपर्छ ।

– बजारमा उपलब्ध सबै स्यानिटरी प्याड सुरक्षित हुँदैनन् । बरु सकेसम्म घरमै सुरक्षित स्यानिटरी प्याड बनाएर प्रयोग गर्नु राम्रो हुन्छ

– स्यानिटरी प्याड वा नरम कपडा जे प्रयोग गरेको भएपनि ६ घण्टा भन्दा बढी राख्नुहुँदैन । एउटा स्यानिटरी प्याड राखेको ६ घण्टा भएपछि अर्को स्यानिटरी प्याड फेर्नुपर्छ ।

– आफूले प्रयोग गरेको स्यानिटरी प्याडको व्यवस्थापन आफैले गर्नुपर्छ । यसलाई जथाभावी नफ्याँकी डस्टबिनमा राख्ने र पछि खाल्डो खनेर पुर्नु राम्रो हुन्छ ।

– महिनावारी भएको समयमा नुहाउन अल्छी मान्नुहुँदैन । महिनावारी भएको बेला सकेसम्म दिनहुँ नुहाउने नभए गोप्य अंग राम्ररी सफा पानीले पखाल्नुपर्छ ।

– महिनावारी भएको बेला लाज मान्ने र त्यसबेला लगाउने लुगा तथा प्रयोग गरिएका नरम कपडा समेत नधोई एउटा कुनामा थन्काउने तथा कपडा धोइहालेपनि लुकाएर सुकाउने चलन छ तर यसो गर्नु स्वास्थ्यका लागि राम्रो होइन । अतः महिनावारीको समयमा प्रयो भएका कपडा साबुन पानीले राम्ररी धोएर घाममा सुकाउनुपर्छ ।

– आफनै हात त हो भन्दै हामीले हात धुने कुरालाई गम्भीरताका साथ लिदैनौं । तर स्यानिटरी प्याड प्रयोग गरिसकेपछि भने नबिर्सीकन साबुन पानीले हात धुनुपर्छ ।

– देशका कतिपय भेगमा महिनावारी भएको समयमा दही, दुध, मही खान हुँदैन भन्ने गलत धारणा छ । तर महिनावारी भएकै समयमा शरीरलाई बढी भन्दा बढी पौष्टिक पदार्थ आवश्यक पर्ने हुँदा महिनावारी भएको समयमा पौष्टिक तथा झोलिलो खानेकुराहरु बढी खानुपर्दछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार