वास क्षेत्रमा बर्षाले पारेको क्षतिको बिवरण संकलन गरिने

महोत्तरी : महोत्तरी जिल्लामा अविरल बर्षाले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा पारेको क्षति बारे तथ्यांक संकलन गरिने भएको छ ।

वास क्लस्टरका संयोजक एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीका प्रमुख अनिल प्रसाद केसरीको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित गाउँपालिका तथा नगरपालिकामा कार्यरत संघसंस्थाले वास क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलन गरी सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको सुरक्षा निकायबाट प्रमाणित गराई वास क्लस्टरमा बुझाउने निर्णय गरेको छ ।

बैठकले आगामी साउन ५ गतेभित्र सबै गाउँपालिका तथा नगरपालिकाको तथ्यांक संकलन गरेर वास क्लस्टरमा बुझाउनुपर्ने डिवाससीसी सर्लाहीका सदस्य गजेन्द्र साहले जानकारी दिनुभयो । अबिरल बर्षाले सर्लाहीको १० हजार भन्दा बढी घर डुबानमा परेका थिए ।
सर्लाही खुला दिसामुक्त घोषणाको अन्तिम चरणमा छ ।

यसैबीच बाग्मती सेवा समाज नेपालले सर्लाहीको बसबरिया गाउँपालिकाको वडा नं. १ र २ तथा बरहथवा नगरपालिकाको वडा नं. १३ मा खाद्यन्न तथा वास सामग्री वितरण गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार