नेपाललाई ओडिएफ गर्न महानिर्देशकको संयोजकत्वमा मूल समिति गठन

 

काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल कुमार दासको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको आइतबार बसेको बैठकले विकास साझेदार, दातृ निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था तथा सञ्चार क्षेत्रको प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको हो ।

राष्ट्रिय सरसफाइ निर्देशन समितिको बैठकले नेपाललाई आगामी असोज १३ गतेभित्र खुला दिसामुक्त देश घोषणा गर्ने यस अघि नै निर्णय गरिसकेको छ । यद्यपि अझै ९ वटा जिल्ला खुला दिसामुक्त घोषणा गर्नै बाँकी छ ।

समितिले खुला दिसामुक्त नेपाल घोषणाका लागि सहजीकरण गर्ने, नतिजामुखी कार्य योजना तर्जुमा गर्ने र तीनै तहका सरकार एवं विकास साझेदारको सहकार्यमा प्रभावकारिता ल्याउने काम गर्नुपर्नेछ ।

खुला दिसामुक्त नेपाल घोषणाका लागि गठित समिति

संयोजक, सुनिल कुमार दास— महानिर्देशक खानेपानी तथा ढल व्यवस्थापन विभाग

सदस्य, सुदनराज पन्थी — डब्लु एच.ओ. प्रतिनिधी

सदस्य दण्डि राम बिश्वकर्मा — युनिसेफ प्रनिनिधी

सदस्य, मदन मल्ल — यूएन ह्याबिट्याट प्रतिनिधी

सदस्य, रतन बुढाथोकी — एसएनभी नेपाल प्रतिनिधी

सदस्य, सर्वज्ञ श्रेष्ठ — वाटर एड नेपाल प्रतिनिधी

सदस्य टिका अधिकारी — फण्ड बोर्ड प्रतिनिधी

सदस्य, राजेन्द्र अर्याल — फेडवासन अध्यक्ष

सदस्य, — प्रतिनिधी स्वास्थ्य मन्त्रालय

सदस्य — प्रतिनिधी संघीय मामिला तथा सामान्य प्रशासन

सदस्य देवेन्द्र कुमार झा — सदस्य सचिव, राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति

सदस्य — प्रतिनिधी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

सदस्य, बिष्णु डंगोल — प्रतिनिधी, अक्सफाम

सदस्य — प्रतिनिधी, खानेपानी मन्त्रालय

सदस्य, महेश घिमिरे —स्थानीय पूर्वाधार विकास विभाग

सदस्य, पी.टी. लोप्चन — प्रबन्ध निर्देशक, वास खबर/सम्पन्न सञ्चार

सदस्य, सुमन गिरी — सम्पादक, इको समाचार

 

गुरुयोजना परिमार्जन गर्न ३ सदस्यीय समिति

समितिको बैठकले संघीय संरचना, दिगो विकास लक्ष्य र पूर्ण सरसफाइको मर्म अनुसार सरसफाइ गुरुयोजना परिमार्जन गर्न तीन सदस्यीय समिति गठन गरिएको बैठकमा सहभागी सरसफाइ विज्ञ मुक्ति पोखरेलले जानकारी दिनुभयो ।

सदस्यहरु :

कमल अधिकारी

नमस्तेलाल श्रेष्ठ

मुक्ति पोखरेल

 

तालिम सामग्री बनाउन समिति

पूर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुरुप देशमा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्नका लागि राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाइ एवं विकास साझेदार संस्थाको सहकार्यमा पूर्ण सरसफाइ सम्बन्धी मानक, रणनीति, कार्ययोजना, तालिम सामग्री एवं औजार तथा सचेतनामूलक सामग्रीहरुको विकास गर्न निम्न सदस्यहरु रहेको एक समिति गठन गरिएको छ ।

भोजेन्द्र अर्याल, सदस्य — खानेपानी तथा ढल व्यवस्थापन विभाग

कविन्द्र पुडासैनी, सदस्य — वाटर एड नेपाल

मदन मल्ल, सदस्य — यूएन ह्याबिट्याट

युनिसेफ सदस्य

सुदनराज पन्थी, सदस्य —डब्लु एच ओ सदस्य

रतन बुढाथोकी सदस्य — एसएनभी नेपाल

देवेन्द्र कुमार झा, सदस्य — सदस्य सचिव राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति

यस्तै अधिक बर्षाका कारण खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा सिर्जित समस्या समाधानका लागि आपतकालीन सहयोग तथा खुला दिसामुक्त अभियानलाई सम्पन्न गर्नका लागि दातृ संस्थाहरुलाई अनुरोध गर्ने र खुलादिसामुक्त अभियानलाई सहयोग पु्याउनका लागि पत्रकार तथा मिडियाहरुसँग केन्द्रिय स्तरमा अन्तरक्रिया तथा कार्यशाला गर्ने निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार