सिन्धुपाल्चोकले तोक्यो, स्थानीय तह सहित जिल्ला ओडिएफ घोषणा मिति

 

ललितपुर : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) सिन्धुपाल्चोकले खुला दिसामुक्त घोषणा गर्न बाँकी स्थानीय तह सहित जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने मिति तय गरेको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष चन्द्र बहादुर केसी सहितका पदाधिकारीहरुको उपस्थितिमा गरिएको अन्तरक्रियामा सिन्धुपाल्चोकलाई यही साउन ३२ गते खुला दिसामुक्त घोषणा गर्ने गरी समय निर्धारण गरिएको हो ।

सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख एवं डिवाससीसी सिन्धुपाल्चोकका अध्यक्ष कृष्ण गोपाल तामाङको संयोजकत्वमा भएको खुला दिसामुक्त घोषणा गर्ने सम्बन्धी अन्तरक्रिया कार्यक्रममा निम्न गाउँपालिका तथा नगरपालिकाहरुको खुला दिसामुक्त घोषणा गर्ने मिति तय गरिएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र कुमार झा ले जानकारी दिनुभयो ।

 

कुन स्थानीय तह कहिले घोषणा हुने ?

मेलम्ची नगरपालिका साउन २९ गते

लिसंखुवापाखर गाउँपालिका साउन ३१ गते

बाह्रबिसे नगरपालिका साउन ३० गते

त्रिपुरासुन्दरी गाउँपालिका साउन ३१ गते

चौतारा नगरपालिका साउन ३२ गते

भोटेकोशी गाउँपालिका साउन ३२ गते

हेलम्बु गाउँपालिका साउन ३२ गते

सुनकोशी गाउँपालिका साउन ३२ गते

पाँचपोखरी गाउँपालिका साउन ३० गते

जुगल गाउँपालिका साउन ३२ गते

 

बलेफी गाउँपालिका भने यस अघि नै खुलादिसामुक्त घोषणा भइसकेको छ । २०७२ सालको भूकम्पले सबैभन्दा धेरै क्षति पुयाएको सिन्धुपाल्चोकमा घरसँगै चर्पी पनि भत्किंदा खुला दिसामुक्त घोषणा अभियान प्रभावित भएको थियो ।

राष्ट्रले आगामी असोज १३ अगावै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिएकोले खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाले धमाधम मिति तय गर्न थालेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार