पोखरामा जेरो वेष्ट अभियान सुरु, के हो जेरो वेष्ट अभियान ?

कास्की : पोखरा महानगरपालिकाको वडा नं १३ ले जेरो वेष्ट अभियान सुरु गरेको छ । वडा नं. १३ का अध्यक्ष दर्शन लामाले बालकल्याण माध्यमिक बिद्यालयका प्रध्यानाध्यापकलाई डस्टबिन हस्तान्तरण गर्दै अभियानको थालनी भएको घोषणा गर्नुभएको हो ।

पहिलो चरणमा दुई टोलमा अभियानको प्रारम्भ गरेको वडा अध्यक्ष लामाले बताउनुभयो । आगामी भदौमा फोहोरमुक्त (जेरो वेष्ट) टोल घोषणा गर्ने लक्ष्य सहित अभियान सुरु गरेको उहाँले बताउनुभयो । उहाँले वडालाई नै जेरो वेस्ट घोषणा गर्ने अभियानका लागि ६ लाख ५६ हजार बजेट समेत बिनियोजन गरिएको जानकारी दिनुभयो ।

जेरो वेष्ट, आफ्नो घर तथा टोलमा उत्पादित फोहोरलाई आफैले व्यवस्थापन गरी घरआँगन तथा टोललाई सफासुग्घर राख्नुलाई जेरो वेष्ट अर्थात फोहोरमुक्त भनिन्छ । यस अभियान अन्तर्गत घर आँगन तथा वरपर फोहोर कुनै अंश पनि देखिनुहुँदैन । त्यसलाई व्यवस्थित तरिकाले बिसर्जन गरिनुपर्छ ।

हालका लागि पोखरा महानगरपालिकाको वडा नं. १३ को ४७ टोलमध्ये बाँकी ४५ टोलमा दोस्रो चरणमा अभियान थालिनेछ । वडाअध्यक्ष लामाले हरेक हप्ता नकुहिने फोहोरहरु ९प्लास्टिक, सिसा, बोटल आदि० पोखरा वेस्ट म्यानेज्मेन्ट रिसाईकल प्रालिलाई बिक्री गरिने बताउनुभयो । नकुहिने फोहोर प्रति किलो १० देखि ४५ रुपैयाँ सम्म बिक्री हुँदै आएको छ ।

एक सर्बेक्षण अनुसार ५ जनाको परिवार रहेको घरबाट प्रतिदिन २ किलो कुहिने फोहोर निस्कने गरेको छ । फोहोर ब्यबस्थापनका लागि वितरण गरिएको रातो रङको डस्टबिनमा सिसाजन्य ९नकुहिने० पहेलो वा निलोमा आधा कुहिने÷नकुहिने र हरियो डस्टबिनमा पुर्ण रुपमा कुहिने फोहोरहरु राख्नुपर्ने फोहोरमैला ब्यबस्थापन बिशेषज्ञ छबि गौडेलले बताउनुभयो ।

पहिलो चरणको अभियानबाट दुई टोलका ३ सय १ र बालकल्याण माबिका ७ सय ४९ गरी १ हजार ५० जना लाभान्वित हुनेछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार