दिगो विकास लक्ष्य ६ बारे थाहा छ ? के कस्ता सूचक छन् यसभित्र

 

काठमाडौ : खानेपानी र सरसफाइको क्षेत्रमा दिगो विकास लक्ष्य ६ को बारेमा खुबै चर्चा हुने गरेको छ । खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय रुपमा प्रतिबद्धता जनाइएको दिगो विकास लक्ष्य ६ मा सबैको लागि दिगो खानेपानी र सरसफाइ सेवामा पहुँच सुनिश्चित गर्ने भन्ने थाहा भएपनि यस अन्तर्गत के कस्ता सूचकहरु पर्दछन् भन्ने थाहा नहुन सक्छ । हामी यसबारेमा जानकारी गराउँदैछौं ।

संयुक्त राष्ट्र संघले निर्धारण गरेको १७ वटा दिगो विकास लक्ष्य अन्तर्गत छैटौं लक्ष्यले खानेपानी र सरसफाइ सम्बन्धी लक्ष्यलाई किटान गरिएको छ । जो निम्न छन् ।

 

६.१ सन् २०३० सम्म, सबैको लागि सुरक्षित र किफायती रुपमा खानेपानीमा समतामूलक पहुँच प्राप्त गर्ने ।

 

६.२ सन् २०३० सम्म, सबैका लागि पर्याप्त र समतामूलक रुपमा सरसफाइ र स्वच्छतामा पहुँच, महिला संकटासन्ना अवस्थामा रहेकालाई विशेष ध्यान दिई खुला दिसाको अन्त्य गर्ने ।

 

६.३ सन २०३० सम्म, प्रदुषण घटाइ पानीको गुणस्तरमा सुधार, खतरनाक रसायन सामग्रीहरुको डम्पिङ, निर्मुल, अप्रशोधित फोहोरपानी आधाले घटाई दिगोपनामा बृद्धि तथा रिसाइकल गरी पुनः प्रयोग गर्ने ।

 

६.४ सन् २०३० सम्म, पानीको अभावलाई सम्बोधन गर्न सबै क्षेत्रमा पानीको उपयोग दक्षतामा उल्लेख्य वृद्धि गरी स्वच्छ पानी वितरण गर्न दिगो फिर्ती सुनिश्चित गर्ने ।

 

६.५ सन् २०३० सम्म, उपयुक्त सीमापार सहयोग समेतको माध्यमले सबै तहमा एकीकृत पानीका स्रोतहरुको व्यवस्थापन कार्यान्वयन गर्ने ।

 

६.६ सन् २०३० सम्म, हिमाल, जंगल, सीमसार, नदी, जलभृत र तालहरु समेतमा पानी सम्बन्धी पर्यावरण पुनर्भरण र संरक्षण गर्ने ।

 

६..६ क. सन् २०३० सम्म विकासशील राष्ट्रहरुलाई पानी र सरसफाइ सँग सम्बन्धित क्रियाकलाप र कार्यक्रम, पानी हार्भेष्टिङ, पानी दक्षता, फोहोर पानी प्रशोधन, रिसाइक्लिङ र पुनः प्रयोग प्रविधिहरुमा अन्तर्राष्ट्रिय सहयोग र क्षमता विस्तार गर्ने ।

 

६.३.ख. खानेपानी र सरसफाइ व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुधारको लागि सहयोग र सबलीकरण गर्ने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार