काठमाडौ : संसदबाट स्वीकृत खानेपानी तथा सरसफाइ विधेयक उपर संशोधन पेश गर्न चाहने सांसदहरुका लागि शनिबारसम्मको समय उपलब्ध गराएको छ । संघीय संसद सचिवालयको विधेयक शाखाले एक सूचना जारी गर्दै विधेयक माथिको सामान्य छलफल समाप्त भईसकेकाले संशोधन पेश गर्न चाहने सांसदहरुका लागि शनिबार सम्मको समय उपलब्ध गराएको हो ।
संशोधन पेश गर्न चाहने सांसदले साउन २५ गते शनिबार दिउँसो २ः४५ बजेभित्र प्रतिनिधी सभाको विधेयक शाखामा उपलब्ध गराउन भनिएको छ । यसअघि खानेपानी मन्त्री बिना मगरले साउन २२ गते बसेको संसद बैठकमा पेश गर्नुभएको ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको थियो ।



1178 पटक हेरिएको 

