चन्द्रागिरी नपाको सेवा सुविधा लिन सरसफाइ कार्ड अनिवार्य

चन्द्रागिरी : चन्द्रागिरी नगरपालिकाको ८ नम्बर वडा कार्यालयले आगामी भदौ १५ गतेदेखि अनिवार्य सरसफाइ कार्ड लागु गर्ने भएको छ । वडा कार्यालय गत जेठ २१ गते नै वडा क्षेत्रलाई फोहोरमुक्त वडा बनाउन सबै घरधनीलाई सरसफाइ कार्ड बनाउन लगाउने निर्णय गरेको थियो ।
आगामी भदौ १५ गतेदेखि जुनसुकै सेवा सुविधा लिन आउन सरसफाइ कार्ड अनिवार्य देखाउनुपर्ने अन्यथा सेवा सुविधाबाट वञ्चित गराईने वडाअध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार