सूर्यविनायक नगरपालिकाको पूर्ण सरसफाइ रणनीतिक योजना सार्वजनिक

 

भक्तपुर : २०७९ भित्र सूर्यविनायक नगरपालिकालाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्य सहित सूर्यविनायक नगरपालिकाले पूर्ण सरसफाइ रणनीतिक योजना २०७६ सार्वजनिक गरिएको छ ।

नगर स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) ले तयार पारेको रणनीतिक योजना सार्वजनिकीकरण कार्यक्रममा सांसद महेश बस्नेतले रणनीतिक योजना सार्वजनिक गर्नुभएको हो ।

खुला दिसमु्क्त सम्बन्धी उपलब्धीलाई कायम राख्दै २०७६ चैत्र मसान्तसम्ममा पूर्ण सरसफाइको सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने नगरपालिकाको योजना छ ।

सूर्यविनायक नगरपालिकाले खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा उच्चतम विकास गरी नगरपालिकालाई पूर्ण सरसफाइमा देशकै एक नमुना नगरपालिकाको रुपमा स्थापित गर्ने रणनीति लिएको युएन ह्याबिट्याटकी भक्तपुर जिल्ला संयोजक पार्वती दंगालले जानकारी दिनुभयो उहाँका अनुसार नगरपालिकाले पूर्ण सरसफाइ उपलब्धीलाई संस्थागत विकास गर्दै सफा, स्वच्छ, सुन्दर, समुन्नत, स्वस्थ, सभ्य समाजको निर्माणका लागि नगरपालिकाले विशेष पहिल गर्नेछ ।

यस्तै नगरभित्र समग्र खानेपानी तथा सरसफाइ क्षेत्रको एकीकृत विकासको लागि समन्वयात्मक र सहभागितात्मक रुप्मा कार्य अगाडि बढाउन नगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई सक्षम, प्रभावकारी र स्रोत साधन सम्पन्न बनाउने, नगर तथा वडा स्तरका संयन्त्र तथा संस्थाहरुको समन्वय तथा सहकार्यमा विद्यालयहरुमा पूर्ण सरसफाइको अवस्था हासिल गराई विद्यालयलाई बाल लैङ्गिक, अपाङ्ग तथा वातावरणमैत्री प्राज्ञिक स्थलको रुपमा विकास गर्ने लगायतका बिशिष्ट उद्देश्य रणनीतिक योजनाले राखिएको छ ।

नेपाल सरकारको सन २०३० सम्ममा देशलाई दिगो सरसफाइ उन्मुख गर्ने लक्ष्यलाई साकार पार्न भक्तपुर जिल्लालाई पूर्ण सरसफाइको नमुना जिल्लाको रुपमा विकास गर्ने सबै नगर, वडा, टोल स्तरीय खानेपानी तथा स्वच्छता समन्वय समितिहरुको सक्रियता र नेतृत्व अपरिहार्य रहेको रणनीतिक योजनामा औल्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार